समाचारमंगलबार, जेठ २३, २०६९
रु.५६ लाख बराबरको हेरोइन बरामद
प्रहरीका अनुसार अभियुक्तहरुले भारतको रक्सौल नाकाबाट लागुऔषध ल्याएर काठमाडौं, हेटौंडा, वीरगंज, चितवन, पोखरा लगायतका ठाउँमा बेच्ने गरेका छन् । लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाइ नयाँबानेश्वरमा २३ जेठमा सार्वजनिक गरिएका अभियुक्तमा वीरगञ्जका अनवर अन्सारी र मत्लुप अन्सारी, भारत मोतिहारी घर भई वीरगञ्ज बस्दै आएका गीतादेवी पटेल र कृष्ण साह तुरहा तथा काठमाडौं थानकोटका अनिल श्रेष्ठ छन् ।
अभियुक्तमध्येकी गीतादेवी आफ्नो छोरीलाई हर्लिक्सको बट्टामा ६१४ ग्राम हिरोइन बोकाएर हिंडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्तहरूबाट बरामद गरिएको १,१३१ ग्राम खैरो हेरोइनबाट २२,६२० जनालाई हानि पुग्न सक्ने लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाइ नयाँबानेश्वरका एसएसपी नवराज सिलवालले जानकारी दिए ।
हेर्नुस भिडियो : http://www.youtube.com/watch?v=wufgWWhgwa8&feature=player_embedded
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
