रिपोर्टशनिबार, जेठ १८, २०७०
भारतलाई भारी
११ जेठमा छत्तिसगढको बस्तरमा भारतीय कम्युनिष्ट पार्टी माओवादीका लडाकुहरुले आक्रमण गरेर भारतीय कांग्रेसका छत्तिसगढ राज्य प्रमुख नन्दकुमार पटेल, उनका छोरा दिनेश, प्रदेशका पूर्व गृहमन्त्री महेन्द्र सिंह कर्मासहित २८ जनाको हत्या गरेपछि भारतीय प्रधानमन्त्रीले माओवादीहरुप्रति कडारुपमा प्रस्तुत हुने भन्दै विशेष सुरक्षा दस्ता त्यस क्षेत्रमा खटाउन आदेश दिए ।
भारतीय संस्थापनको अबको ब्यवहारले कुनै बेला कोअर्डिनेशन कमिटी आफ माओइस्ट पार्टी एण्ड अर्गनाइजेशन अफ साउथ एशिया (कम्पोसा) मा भारतीय माओवादीसँगै रहेका नेपालका माओवादीलाई उक्त घटनाले पार्ने असरबारे विभिन्न अनुमान गरिंदैछ ।
स–साना आक्रमणहरुमा केन्द्रित भारतीय माओवादीले नेपाली माओवादीबाट सिकेरै पछिल्लो समयमा ठूला फौजी आक्रमण शुरु गर्नुका साथै राजनीतिक दलहरुबीच विभाजनको बिउ रोपेर त्यसबाट फाइदा लिन थालेका हुन् ।
छत्तिसगढ घटनाले नेपालका माओवादीलाई हेर्ने भारतीय संस्थापनको दृष्टिकोण परिवर्तन हुनुपर्ने स्थिति आएको विश्लेषकहरु बताउँछन् । उच्च राजनीतिक तहको हत्या गर्ने माओवादीसँग वैचारिक निकटता भएको नेपालका माओवादीलाई भरपर्दो साथी मानिरहेको भारतीय संस्थापनले अब आफ्नो नीतिमा पुनर्विचार गर्नै पर्ने वरिष्ठ पत्रकार युवराज घिमिरेको भनाई छ ।
विस्तृत रिपोर्टका साथै अन्य रोचक सामाग्रीहरु साप्ताहिक हिमाल खबरपत्रिकाको नयाँ अंकमा । १९ जेठदेखि बजारमा उपलब्ध छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
