रमझमआइतबार, जेठ १९, २०७०

मैथिलीमा मुरलीधर

हिमालखबर

सजनाक आग्नामें सोलह श्रृंगारको अभिनयका क्रममा

अभिनेता/गायक मुरलीधर २०६३/६४ को मधेश आन्दोलनमाथि फिल्म बनाउने तयारीमा छन् ।

उनले असार पहिलो सातादेखि नेपालमा छायांकन शुरू हुने पनि बताए । “मधेश आन्दोलनको पृष्ठभूमि र प्रभावबारे ६ महीना अध्ययन गरेर ‘स्क्रिप्ट’ लेखिसकें” मुरलीधर भन्छन्, “फिल्मको नाम भने जुरिसकेको छैन ।”

सिरहाको औरहीमा जन्मेर १९ वर्षको उमेरमा सन् १९८० मा बम्बई पुगेका मुरलीधरले ख्वाजा अहमद अब्बासको हिन्दी चलचित्र नक्सलाइट बाट अभिनय थालेका थिए ।

सम्झना, साइनो, चक्रव्यूह, पृथ्वी, कन्यादान, सम्पत्ति लगायतका नेपाली फिल्ममा गरेको सशक्त अभिनयका कारण सम्झिइने मुरलीधरको अघिल्लो मैथिली फिल्म सजनाक आग्नामें सोलह श्रृंगार सुपरहिट भएको थियो ।

मैथली भाषामै हुने प्रस्तावित फिल्मका लागि प्रमुख पात्रहरुको खोजी र लगानीकर्ता समेत निश्चित भइसकेको छ ।

भोजपुरी फिल्महरुलाई मैथिलीको चुनौती मान्ने उनी नेपाल र भारत दुवैतिरका सेन्सर बोर्ड भोजपुरीको अश्लील दृश्यहरुप्रति सजग हुनुपर्ने बताउँछन् ।

मुरलीधरको सस्ता जिनगी महग सिनूर ले मैथिली फिल्मलाई नयाँ उँचाइमा पुर्याएको मानिन्छ ।

ईश्वरचन्द्र झा, जनकपुर

हिमालको १९-२६ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>