समाचारमंगलबार, जेठ २३, २०६९

खुलेआम घुम्छन् माडी घटनाका दोषी

हिमालखबर

आठ वर्षघि चितवनको माडी। तस्बिर : अनलाईन

४२ जनाको ज्यान लिएको हमलाको स्मरणमा २३ जेठमा माडीमा आयोजित कार्यक्रममा घटनाका पीडित तथा कार्यक्रमका संयोजक कृष्ण अधिकारीले दोषीहरु सरकारको नेतृत्व गरेको एमाओवादी पार्टी जिम्मेवार तहमा बसेर कानुनी राज्यको खिल्ली उर्डाईरहेको बताए ।

शान्ति मन्त्रालय र प्रमुख जिल्ला अधिकारीले असहयोग गर्दा आफूहरुले अझै राहत पाउन नसकेको पीडितहरुको गुनासो छ । मन्त्रालयमा बुझाइएको तथ्यांक पटक पटक नष्ट हुने गरेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले अनुसन्धानबाट दोषी ठहरिएकाले सजायको भागिदार हुन तयार हुनुपर्ने धारणा राखे । माओवादीले हत्या गरेका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारी र पत्रकार युवराज घिमिरेले हत्याका दोषीहरुलाई न्यायिक छानविन गरेर कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>