खेलकुदआइतबार, जेठ १९, २०७०

चर्चित खेलाडीहरुको मनोनयन सार्वजनिक

हिमालखबर

क्रिकेट कप्तान पारस खड्का

खेलकुद पत्रकार मञ्चले १९ जेठमा काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, पौडीका शिरिष गुरुङ, उसुकी झरना गुरुङ र एथलेटिक्सकी केशरी चौधरी चर्चित खेलाडी विधामा मनोनयनमा परेको जनाएको छ ।

मनोनयनमा परेका चार खेलाडीमध्ये एसएमएसमार्फत सबैभन्दा बढी मत प्राप्त गर्ने एक जनाले चर्चित वर्ष खेलाडीको उपाधि पाउनाका साथै एक थान मोटरसाइकल पुरस्कार प्राप्त गर्ने खेलकुद पत्रकार मञ्चका सचिव प्रकाश तिमल्सिनाले बताए ।

वर्षको चर्चित खेलाडी विधामा मनोनयन गर्दा खेलाडीको प्रदर्शन र उपलब्धिसँगै त्यसको प्रभाव एवम् जनचासोलाई समेत आधार बनाइएको मञ्चका महासचिव महेश आचार्यले जानकारी दिए ।

उक्त पुरस्कार मञ्चले आगामी असार १८ गते विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रदान गर्नेछ ।

साथै मञ्चले वर्षको उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको नाम चाँडै सार्वजनिक गर्ने जानकारी दिएको छ ।
-रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...