Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राणाकालमा उद्धार अभियान - Himalkhabar.com

ब्लगसोमबार, जेठ २०, २०७०

राणाकालमा उद्धार अभियान

दीपक अर्याल

माघ १९९० सालको महाभूकम्पका सम्बन्धमा गोर्खापत्र र अन्य स्रोतहरू केलाउँदा तत्कालीन राणा सरकारले जनतालाई ठूलै वा अविस्मरणीय राहत नदिए पनि आश्वस्त पार्ने, ढाडस दिने र सरकारका तर्फबाट केही हुँदैछ भनेर आशा जगाउने काममा सीप देखाएको पाइन्छ ।

त्यसबाट कम्तीमा जनतामा ‘दैव रिसाए पनि हामीलाई हेर्ने सरकार छ’ भत्रे आभास भएको हुनुपर्छ ।

‘हाम्रा परमदयालु, दिलोज्यानले प्रजाको रक्षा गर्नमा तत्पर बक्सेका श्री ३ महाराजको यस देशको पश्चिमीय सीमा महाकालीतर्फ सवारी भएका वखतमा हाम्रा देशवासीलाई यस्तो दुर्दशा पर्न आइलाग्यो’ भन्दै ३९ औं र ४० औं अंकमा गोर्खापत्र लेख्छ– ‘म धेरै टाढा आइपुगेको र ठाउँ–ठाउँमा बाटो समेत बिग्री म चाँडो आउन पाइन ता पनि भरसक चाँडो आई तिमीहरूको सबैको बास, गाँस आदिको चाँडो बन्दोबस्त गरिदिनेछु, धन्दा नमान’ भत्रे दिलाशा दी सकल दुनियाँ, भाइ–भारदारलाई सम्बोधन गरी लेखी बक्सेकोबाट सबैलाई ठूलो भरोसा र उत्साह मिल्यो ।

त्यसबेला भारतको बिहार केन्द्रविन्दु भएर गएको ८.४ रिक्टरको महाभूकम्पले नेपालभित्र ८,५१६ जनाको ज्यान लिनुका साथै कुल २,०७,७४० घर, देवालय र अन्य भौतिक संरचना ध्वस्त बनायो ।

त्यसबखत शिकार खेल्न पश्चिम तराई पुगेका श्री ३ जुद्धशमशेर भारततर्फका समेत सञ्चार, बाटोघाटो र रेल संरचना ध्वस्त भएकाले २२ माघमा मात्र काठमाडौं आइपुगे । जुद्धले १८ फागुनमा टुँडिखेलको खरीको बोटबाट गरेको भाषणमार्फत ‘भूकम्पपीडितोद्धारकसंस्था’ र ‘भूकम्प–पीडितोद्धारकफण्ड’ खडा भएको घोषणा गरे ।

‘भूकम्पपीडितोद्धारकसंस्था’ मा जुद्धशमशेरले रु.३ लाख र उनकी बडामहारानीले रु.१ लाख सहयोग गरे । १५ वैशाख १९९१ को गोर्खापत्र ले त्यो कोषमा कुल रु.१० लाख ५९ हजार ३६९ उठेको विवरणसँगै दाताहरूको नाम प्रकाशित गरेको थियो ।

चन्दा उठ्ने क्रमसँगै सोको विवरण गोर्खापत्र मा नियमित प्रकाशित भएको देखिन्छ । २९ वैशाख १९९१ को गोर्खापत्र ले थप ६,८१३ मोरु उठेको जानकारी दिएको थियो ।
जुद्धशम्शेरले ‘भूकम्पपीडितसहायऋण’ को समेत घोषणा गरेर त्यसका लागि रु.५० लाख छुट्याएका थिए ।

त्यसमा भारत र बेलायतले राखेको सहयोगको प्रस्तावलाई भने अस्वीकार गरेका उनले शुरूमा ‘घर जेथा धितो लेखाई चार वर्षका लागि मनासिब देखिएसम्मको ऋण विना व्याज दिने’ भने पनि १७ भदौ १९९५ मा सबै ऋण मिनाहा गरियो ।

विपत् व्यवस्थापनका निम्ति त्यसबेला तत्कालीन र दीर्घकालीन उद्धार तथा राहत कार्यक्रम चलाइएको जानकारी गोर्खापत्र ले दिन्छ । त्यसबेला चामल, ओढ्ने–ओछ्याउने, औषधि, काठपात, खर बाँड्नेदेखि टहरा बनाइदिने र सुत्केरी स्याहारसम्मका कामलाई विशेष प्राथमिकता दिइएको समाचार गोर्खापत्र मा छ ।

समाचारमा पीडितहरूलाई टुँडिखेलमा बस्ने व्यवस्था गरिएको, औषधि उपचारका लागि २४ घण्टे स्वास्थ्य शिविर चलाइएको, तुरुन्ता तुरून्तै बिजुली, टेलिफोन, कलधारा जोडिएको, मानिस पुरिएका ठाउँमा पाइप घुसाएर पानी पुर्याएको, लुटपाटको घटना नहोस् भनेर शहर, गाउँ र चोकहरूमा पल्टनिया जवानहरू राखेको उल्लेख छ ।

त्यसबाहेक घर–छाप्रा बनाउन काठपातको खाँचो नहोस् भनेर सरकारतर्फबाट रोक्का वनहरू फुकुवा हुँदा सुविस्ता भएको समाचारहरू पढ्न पाइन्छ ।

त्यसबेलाको उद्धार अभियानलाई पर्याप्त भन्न नसकिए पनि त्यो समयको विषम परिस्थितिमा प्राकृतिक विपत् व्यवस्थापनमा देखाइएको सरकारी सक्रियतालाई प्रशंसनीय मान्नुपर्छ । त्यसबेलाको काठमाडौंमा खाली ठाउँ प्रशस्त थियो ।

अहिले त बाँकी रहेको टुँडिखेललाई समेत फलामे बार लगाएर अगम टापु बनाइएको छ । ४० लाखको आवादीसँगै खाली जमीन बाँकी नरहेको राजधानीमाथिको भूकम्पीय खतरा भने झन्झन् नजिकिएको विज्ञहरू बताउँछन् ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय ।)

हिमालको १९-२६ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>