रमझममंगलबार, जेठ २१, २०७०
भारतीय अभिनेत्री जिया खानको निधन
फिल्म ‘निशब्द’ बाट बलिउडमा प्रवेश गरेकी २५ वर्षीया अभिनेत्री जिया खानको शव २० जेठ राति उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।
जियाको शव मुम्बईकोे जुहुस्थित उनको घरबाट कपुर अस्पताल लगिएको थियो । उनी आफ्नी आमासँगै वस्थिन ।
सन् २००७ मा रामगोपाल वर्मा निर्देशित फिल्म ‘निशब्द’ मा अमिताभ बच्चन संगै ‘लिड रोल’ गरेकी जिया खानले यो फिल्ममा एउटा गीत पनि गाएकी थिइन् ।
उनले सन् २००८ मा अमिर खानसँग गजनी र २०१० मा अक्षयकुमारसँग हाउसफुलमा पनि काम गरेकी थिइन् । त्यसबाहेक उनी विज्ञापनहरुमा पनि ब्यस्त थिइन् ।
जियाको आधिकारिक वेबसाइटका अनुसार उनको जन्म न्युयोर्कमा भएको थियो र उनी बेलायतमा हुर्केकी थिइन् । उनको असली नाम नफीसा खान हो ।
लन्दनमा अंग्रेजी साहित्यको पढाइपछि उनले शेक्सपियर र अभिनयका बारेमा अध्ययन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
