समाचारबुधबार, जेठ २४, २०६९
प्रहरीको गोली लागेका धनबहादुर थनेतको निधन
काठमाडौं शिक्षण अस्पतालमा उपचाररत थारूको २३ जेठ राति साढे १० बजे निधन भएको घाइते व्यवस्थापन समितिका अध्यक्ष मीनराज थारूले हिमालखबरलाई जानकारी दिए । थारूलाई २७ वैशाखमा नवलपरासीको डन्डामा प्रहरीको गोली लागेको थियो ।
कुमारवर्ती-७ का ४५ वर्षीय थारूका श्रीमती, एक छोरा र एक छोरी छन् । थारू संयुक्त संघर्ष समितिको तीनदिने आन्दोलनको क्रममा थारू संग्रहालय जलाइएपछि निकालिएको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली प्रहार गरेको मीनराजको भनाइ छ । धनबहादुरसँगै गोली लागेका ताराबहादुर थनेत, महेन्द्र आले मगर र विशाल महतो शिक्षण अस्पतालमै तीन हप्ताको उपचारपछि घर फर्किसकेका छन् ।
यसैबीच आदिवासी जनजाति महासंघ र थारूसम्बद्ध संघसंस्थाले मृतकलाई शहीद घोषणा र पीडित परिवारलाई राहतको माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
