रमझमबुधबार, जेठ २२, २०७०

जीवनकथा ट्याटुमा

हिमालखबर

माया राईको प्रेम–विवाह भताभुङ्ग भयो। सम्बन्धबिच्छेद सँगै गर्भपतन पनि भएपछि उनी मनमा बलेको आगो निभाउन याङ ट्याटु हाउस गइन्।

अहिले मायाको घाँटीमा उनले जन्माउन नसकेको बच्चाको नाम छ भने दायाँ तिघ्रामा रूख। त्यो रूखमा अडेसिएर बसेकी उनी नै हुन्।

नाङ्गो रूखमा त्यो बेला पातहरू खोपिने छन्, जब उनको जीवनमा फेरि कोही आउनेछ। साथ दिनेको तस्वीर पनि थपिनेछ, रूखको फेदमा।

यसैगरी, धरान–६ की रसिता राई (२१) ले बायाँ हातमा अंग्रेजीमा ‘रुसान्त’ र दायाँ हातमा जापानी लिपिमा आफ्नै नाम खोपेकी छन्।
रुसान्त उनको प्यारो भाइ हो।

धरान–३ की सैलाप खड्गी (२१) ले घुच्चुकमा जीवनसाथी कुमारको नाम खोपेकी छन्।

देशीलाइनस्थित याङ ट्याटु हाउसका विनोद याङ राई अहिले धरान ट्याटुप्रेमीहरूको शहर बनेको बताउँछन्।

विराटनगर, कटारी, गाईघाट, लाहान, भोजपुर, संखुवासभा, दमक र सिक्किमबाट समेत सौखिनहरू ट्याटु खोप्न यहाँ आउने बताउँछन् उनी।

“हामीले नै तीन वर्षमा पाँच हजार जतिको ट्याटु खोपिसक्यौं”, विनोद भन्छन्, “तीमध्ये तीन हजार जति महिला छन्।”

विनोदका अनुसार, युवतीहरूले खुट्टा, तिघ्रा, पिंडुला, घाँटी, छाती, पाखुरा लगायतका अंगमा पुतली, फूल, ड्रागन, पानको पात, आमाबुबा वा प्रेमी–श्रीमानको नाम खोप्ने गरेका छन्।

ट्याटुसँगै पियर्सिङ गर्ने फेसन पनि चलेको छ। आँखीभौं, ओठ, जिब्रो, नाइटो आदि अंगमा पीडा सहेर पियर्सिङ गर्ने अल्लारे युवतीहरूको संख्या बढ्दो छ।

यी युवतीहरूको रहरलाई तीन वटा ट्याटु हाउसले डटेर पूरा गरिरहेका छन्।

सीता मादेम्बा, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>