समाचारबुधबार, जेठ २४, २०६९
उपराष्ट्रपति झा र एमाओवादी अध्यक्षवीच भेटवार्ता
उपराष्ट्रपति निवास लैनचौरमा २४ जेठ बिहान दलहरूबीच भएका प्रयासका बारेमा समेत झा र दाहालबीच छलफल भएको हो । भेटमा उपराष्ट्रपति झाले मुलुकको जिम्मेवार राजनीतिक दलको अध्यक्षका हैसियतले दाहाललाई सबै राजनीतिक दललाई सहमतिमा ल्याएर अघि बढ्न सल्लाह र सुझाव दिएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिएका छन् ।
राजनीतिक दलबीच देखिएको मतभेदलाई छिटोभन्दा छिटो सहमतिमा परिणत गरी शान्ति र संविधानका विषयलाई पूर्णता दिन अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने मार्ग पहिचान गरेर त्यसतर्फ काम गर्न उपराष्ट्रपतिले अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । राजनीतिक सहमतिका लागि वातावरण बनाउने क्रममा अध्यक्ष दाहालले उपराष्ट्रपतिसँग भेटवार्ता गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
