रमझमबिहीबार, जेठ २३, २०७०
जनकवि केशरी थापा सिकिस्त बिरामी
पछिल्लो दुई महिनादेखि ओछ्यान परेका थापाको बोली बन्द भएको छ । थापाको अहिले पोखराको फेवासिटी अस्पतालमा उपचार भइरहेको छ ।
एक वर्षदेखि सहज रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थापाको दम र उच्च रक्तचापका कारण दाहिने हर नचल्ने अवस्थामा पुगेको उनको परिवारले जानकारी दिएको छ ।
‘धुरुधुरु नरोए आमा, तिम्रो आँसु पुछेर छाडौंला’ बोलको पहिलो गीतबाट गायनयात्रा शुरु गरेका धर्मराज थापाको ‘हो हो माले, हो हो, हो हो तारे हो,’ ‘नेपालीले माया मार्यो बरिलै’ लगायतका दर्जनौं गीत नेपाली जनजीब्रोमा टाँसिएका छन् ।
थापाको उपचार काठमाडौंको वीर अस्पतालमा गर्दा पनि निको हुन नसकेपछि उनकै आग्रहमा पुख्र्यौलीघर पोखराको बाटुलेचौरमा एकसाता अगाडि ल्याइएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
