Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाओवादी विरुद्ध सडकमा आउन एमाले अध्यक्षको आग्रह - Himalkhabar.com

समाचारबुधबार, जेठ २४, २०६९

एमाओवादी विरुद्ध सडकमा आउन एमाले अध्यक्षको आग्रह

हिमालखबर

नेपाली कांग्रेस र एमालेसहितका दलले २६ जेठमा गर्न लागेको संयुक्त विरोधसभाको विषयमा पार्टी केन्द्रीय विभाग र पूर्व सभासद्को संयुक्त भेलालाई २४ जेठमा सम्बोधन गर्दै खनालले यस्तो आग्रह गरेका हुन् । खनालले राष्ट्रिय सहमतिको विकल्प नभएको बताउँदै संविधानसभा विघटनको जिम्मेवार माओवादी भएको बताए ।

एमाले महासचिवर् इश्वर पोखरेलले अहिलेकै अवस्थामा संविधानसभाको निर्वाचन सम्भव नभएकाले राजनीतिक सहमतिबाट निकास दिनुपर्ने उल्लेख गरे । पार्टी सचिवालय सचिव युवराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न भेलाले केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग र पूर्व सभासद्लाई उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

यसैवीच, विरोधसभालाई सशक्त बनाउने विषयमा कांग्रेसका पूर्वसभासद्हरूले पनि पार्टी मुख्यालय सानेपामा छलफल गरेका छन् । ७५ जिल्ला सम्पर्क समितिलाई विरोधसभामा परिचालन गर्ने निर्णय भएको जानकारी कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले हिमालखबरलाई दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>