अर्थ/बजारबिहीबार, जेठ २३, २०७०

आर्थिक वर्ष नसकिदै वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पुरा

हिमालखबर

चालु आवमा रु. ५७ अर्ब ८१ करोडको लक्ष्य राखिएकोमा १६ जेठमै रु. ५७ अर्ब ९३ करोड राजश्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालय प्रमुख रामहरी अर्यालले जानकारी दिए । आउँदो डेढ महिनामा थप ७÷८ अर्ब रुपियाँ संकलन हुने उनको अपेक्षा छ ।

यस आवमा मोटरसाइकल आयात गतवर्ष भन्दा ३५ प्रतिशतले बढी छ ।  हालसम्म रु. ६ अर्ब ६९ करोड बराबरको १ लाख ५३२ वटा मोटरसाईकल आयात भएको र त्यसबाट रु. ६ अर्ब ८५ करोड राजश्व संकलन भएको छ ।  हलुका सवारी साधनअन्तर्गत जीप, कार भ्यान ३१ प्रतिशत बृद्धि  ३ अर्ब ७६ करोड रुपैंया बराबरको ६ हजार ४ सय ८८ वटा आयात भएका छन् । जसबाट रु. ७ अर्ब ८९ करोड राजस्व संकलन भएको छ ।

सवारी साधनसँगै चालु आवमा पेट्रोलियम पदार्थको आयात पनि उच्च दरले बढेको छ । पछिल्ला २÷३ आवमा आयात गरिएका सवारी साधन भन्सार यार्डमै थन्किने गरेकोमा यस बर्ष त्यो अवस्था नरहेको र ल्याएकै दिन जाँचपास भईरहेको प्रमुख अर्यालले बताए । कम्युटर प्रविधिबाट भन्सार जाँचपास हुन थालेपछि चुहावट समेत घटेको उनको भनाइ छ । देशको कूल भन्सार राजस्वको ५२ प्रतिशत राजस्व वीरगञ्ज भन्सारले संकलन गर्दछ । यो भन्सार भएर आयात हुने सामानहरुमा ६८ प्रतिशत भारत र बाँकी अन्य देशका रहन्छन् ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>