खेलकुदबुधबार, जेठ २४, २०६९

युरो २०१२ : कमजोर इङ्ल्यान्डको कठिन पुर्वसन्ध्या

Sandesh Panta

मे १६ मा २३ सदस्यिय टोली घोषणा गर्दा एडम जोन्सन्, माइका रिचर्ड्स्, माइकल क्यारिक र रियो फर्डिनान्ड लाई टोली समावेस नगर्दा निकै आलोचना सहनु परेको थियो । माइका रिचर्ड्सले वैकल्पिक खेलाडीमा रहन असहमती जनाएका थिए ।

विशेषत्: फर्डिनान्डलाई अन्तिम २३ मा नराख्नुको पछाडी उनका भाइलाई जोन टेरीले रङ्गभेदी व्यव्हार गरे पछी उत्पन्न रियो र टेरी बिचको चिसो सम्बन्ध नै प्रमुख कारण थियो भन्ने कुरा इङ्लिश सन्चार माध्यम मार्फत अगाडी आइरहे । सो घटनाको विषयमा टेरी युरो कप पछी अदालतमा उपस्थित हुनेछन ।
४ खेलाडी चोटग्रस्त भइ प्रतियोगिताबाट नाम फिर्ता लिएपछी इङ्ल्यान्ड पहिले भन्दा कमजोर देखिएको छ । गोल कीपर जोन रुडी, मिड्फिल्डर ग्यारेथ ब्यारि, अनुभबि र प्रभावशाली फ्राङ्क लाम्पार्ड र डिफेन्डर गेरी केहिल युरो नखेल्ने भएपछी हज्सन माथी समस्या आइपरेको हो । अन्तिम २३ मा अघिल्लो सिजनमा राम्रो प्रदर्शन गर्न नसकेका स्टेवार्ट डाउनिङ, चोट्ग्रस्त खेलाडीको स्थानमा ल्याइएका जोर्डन हेन्डर्सन र मर्टिन केली प्रति समर्थकहरु खुशी छैनन ।

विगतमा इङ्ल्यान्डको युरोमा प्रदर्शन भने सन्तोषजनक छैन । सन १९९२ म क्वार्टर फाइनल र १९९६ मा सेमी फाइनलमा पुगेको इङ्ल्यान्ड २००० को युरोमा समुह चरणबाटै बाहिरिएको थियो भने २००८ मा छनौट हुनबाट बन्चित भयो ।

छनौट चरणमा प्रदर्शन : ८ खेल्, ५ जित,३ बराबरी, १७ (योङ्, डेफो, बेन्ट्, रुनी : समान ३ गोल)
सम्भावित सुरुवाती एघार् – (४-२-३-१): जो हार्ट्, ग्लेन जोन्सन्, टेरि, लेस्कट्, एस्ली कोल, स्कट पार्कर जेरार्ड, वाल्कट, योङ, जेम्स मिल्नर, ड्यानी वेल्बेक/एन्डी केरोल

रोए हज्सनले क्लब स्तरमा ४-४-२ को संरचनाले खेलाए पनि युरोमा ४-२-३-१ अपनाउन सक्ने प्रबल सम्भावना छ । पहिलो दुइ खेलमा प्रतिबन्धित रुनी अनुपस्थित रहने कारण इङ्ल्यान्ड रक्षात्मक खेलमा ध्यान केन्द्रीत गर्दै काउन्टर अट्याकमा जाने छ । जोन्सन र कोल क्रमश्: राइट र लेफ्ट ब्याकमा खेल्नेछन भने सेन्टर ब्याकमा टेरीको जोडीमा लेस्कट हुनेछन । चेल्सीका कप्तान टेरी फ्रान्ससँगको खेलमा फिट हुन नसकेमा उनको स्थान फिल यागिएल्काले लिनेछन ।

सेन्टर मिड्फिल्डमा हज्सनले पार्कर र जेरार्डलाई सुरुवात दिने भएमा एस्ली योङ अट्याकिङ मिड्फिल्डमा खेल्नेछन जहाँ उनको सटिक पास र कृएटिविटी आक्रमण बुन्नेमा महत्वपूर्ण हुनेछ । तर यदि पार्करसँग मिल्नर खेलेको खन्डमा योङ लेफ्ट मिडमा र जेरार्ड स्ट्राइकरको ठिक पछाडी हुनेछन । उनको पास र लामो प्रहारबाट इङ्ल्यान्डले फाइदा लिनेछ ।

ड्यानी वेल्बेकको रुपमा इङ्ल्यान्डसँग छरितो र बलियो स्ट्राइकर छन । बेल्जियमसँग उत्कृष्ट खेल खेलेका वेल्बेक सुरुवाती एघारमा पर्न सक्छन । उनको बिकल्पमा ६ फिट ३ इन्च अग्ला एन्डी केरोल छन । दोश्रो हाफमा डेफोले पनि मौका पाउन सक्नेछन ।
राइट विङमा थिओ वाल्कटको पेसले लय भेट्टाउन सकेमा उनलाई रोक्न कुनै पनि डिफेन्सलाई हम्मे हम्मे पर्नेछ । गोल गर्ने जिम्मा वेल्बेक्, एस्ली योङ, वाल्कट र एन्डी केरोलमा हुनेछ ।

तयारी खेलमा नर्वे र बेल्जियमलाई समान १-० ले हराएको इङ्ल्यान्डले समुह डि को पहिलो खेलमा इङ्ल्यान्डले ११ जुनमा फ्रान्सको सामना गर्नेछ । पछिल्ला २० खेलमा अपराजित रहेको फ्रान्सलाई जित्नु कठिन मानिएकोले खेल बराबरी सकिएमा अन्य खेलहरु जिती इङ्ल्यान्ड क्वार्टर फाइनलमा पुग्ने दाउमा छ । त्यस्तै जुन १५ मा स्विडेन र जुन १९ मा सह-आयोजक युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । युक्रेनसँगको खेलमा रुनी फर्कने हुनाले स्विडेनसँगको खेल दुबै टोलीलाई महत्वपूर्ण मानिएको छ ।

महत्वपूर्ण खेलाडीहरुको अनुपस्थिती र केहि विवादबाट गुज्रीरहेको इङ्ल्यान्ड पहिलेको प्रतियोगितामा जस्तो बलियो नभएकोले समर्थकहरुले कम आशा राखेका छन । यसकारण तनाव विना खेल्नु पर्दा राम्रो नतिजा ल्याउने अपेक्षा विश्लेषकहरुले गरेका छन । स्टेवन जेरार्ड को नेतृत्वमा जुलाई १ मा हुने फाइनलसम्म त नपुग्ला तर क्वार्टरफाइनलसम्मको यात्रा तय गरेमा समर्थकहरु निराश भने पक्कै हुने छैनन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...