रमझमशुक्रबार, जेठ २४, २०७०

अमिताभ बच्चन सिरियल खेल्ने

हिमालखबर

फिल्म, विज्ञापन, लाइभ सो आदीमा अमिताभ बच्चनलाई टेलिभिजनमा देख्नु नौलो कुरा होइन ।

तर अब बिग बिले सिरियल पनि खेल्ने भनेको सुन्दा भने चाहीँ अचम्म लाग्न सक्छ ।

सामान्यतयाः सानो पर्दा हुँदै कलाकारहरु ठूलो पर्दा तिर बढ्ने क्रम चलिरहेका बेला बिग बिको यो निर्णय प्रति दर्शक र उनका प्रशंसकले आश्चर्य मान्नु स्वभाविक पनि हो ।

तर उनी वर्षौंसम्म तन्काउँदै निर्माण गरिंदै आएका परम्परागत धारका सिरियलभन्दा फरक सीमित समयको र फरक धारको सिरियलमा प्रस्तुत हुँदैछन् ।

यसको क्रिएटिभ निर्देशन अनुराग कश्यपले गरिरहेका छन् ।

हालसम्म विषयवस्तु नखुलाइएको सो सिरियलको सह निर्माता बच्चनकै कम्पनी रहेको छ भने यसको क्रिएटिभ निर्देशन अनुराग कश्यपले गरिरहेका छन् ।

सिरियलका बारेमा अमिताभ भन्छन्, “टिभीमा धेरै सिरियलहरु चलिरहेका छन् र ती सफल पनि छन् । म तिनको सराहना गर्छु, तर म केही फरक र दर्शकले यो भन्दा पहिले नहेरेको विषयमा सिरियल बनाउन चाहँन्थें ।”

यसका साथै अमेरिकी धारावाहिक नाटक सोप्रानोजको हिन्दी संस्करणमा अभिताभ बच्चनले प्रमुख भूमिका निभाउन लागेको खबर पनि बाहिर आइरहेको छ । यो एक माफिया सिरियल हो ।

स्रोतः बिबिसि हिन्दी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>