थप समाचारशनिबार, जेठ २५, २०७०
पहिरोले छेक्यो, विद्यालय जाने बाटो
त्रिभुवन उच्चमाध्यमिक विद्यालय थुकिमाका प्राचार्य ईश्वरी भट्टराईले बुधबार राति गएको पहिराले कक्षा ६ देखि १२ का विद्यार्थी पढ्न आउन नसकेको बताए । भट्टराईले ४५० विद्यार्थी मध्ये आधा भन्दा बढी विद्यार्थी विद्यालय नआएपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको जानकारी दिए ।
पहिरोमा परेर यस उच्चमाविका ५ छात्र तथा छात्राको मृत्यु भएको थियो । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले भने आफूलाई विद्यालयको अवस्थाबारे जानकारी नभएको बताए ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
