रमझमशनिबार, जेठ २५, २०७०
किरात पान्जुम्भोको कार्यक्रममा झुमे दर्शक
किरात साम्यो नालीफूङ्वा नेवाला पान्जुम्भोद्वारा आयोजित कार्यक्रममा राजेशपायल राई, दीपक लिम्बू, विक्रम लिम्बू, श्रेयसी चेम्जोङ, मनु नेम्बाङलगायतका कलाकारले नयाँ तथा पुराना गीत प्रस्तुत गरे । प्रथम नेपाली तारा दीपक लिम्बुले आफ्नो आउँदो एल्बम स्वर्गको गीत ‘सरी चाहिँ नभन्नु ल… ’ बोलको गीत गाएका थिए ।
कार्यक्रममा लिम्बूको पालाम्, धाननाँच, राईको साकेला, सुनुवारको मौलिक नाच प्रस्तुत गरिएको थियो । चर्चित डान्सर पार्वती राई र उपसना नेम्बाङले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाकी अध्यक्ष तेजु इम्सोङ विर्सदै गएको मौलिक संस्कृतिबारे युवा पुस्तालाई जानकारी गराउन कार्यक्रम आयोजना गरेको बताउँछिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
