अन्तर्वार्ता/विचारआइतबार, जेठ २६, २०७०

यो बर्खा सामान्य रहन्छ

हिमालखबर

तस्वीरः देवकी विष्ट

यो वर्ष किन पानी छिटो परेको होला ?

वायुमण्डलमा हावाको चाप कम भएपछि अन्यत्रबाट बहेको हावासँगै आएको बादलले चाँडो पानी पारेको हो ।

यो पटकको झरी देशका विभिन्न भागमा छरिएको छ । काठमाडौंमा मे महीनामा औसत झरी १२३ मिलिलिटर पर्यो । तर यो वर्ष काठमाडौंमा एकै दिनमा १०० मिलिलिटर पानीपर्यो, त्यो पनि तीन घण्टामा ।

मनसुनी वर्षा शुरु भइसकेको हो ?

छैन, यो मनसुनको पूर्व संकेत मात्रै हो । हामीकहाँ मनसुन शुरु हुन पूर्वीय वायु सक्रिय हुनुपर्दछ । खासगरी बंगालको खाडीमा हावाको बहाव कम भएपछि मात्र मनसुन शुरु हुन्छ ।

यो पटक १० जूनमै मनसुन शुरु होला ?

मनसुन ढिलो आउन सक्ने केही लक्षण नदेखिएका होइनन् । तर, अहिलेसम्मको अनुमानमा औसत समय अर्थात् १० जूनमै मनसुन शुरु हुन्छ । यो वर्ष साधारण झरी पर्छ ।

किसानले बेलैमा बाली लगाउन पाउँछन् त ?

पाउँछन्, किसानले अघिल्लो वर्षकै समयमा खेतीपातीको तयारी गर्दा हुन्छ ।

गत वर्ष जस्तो मनसुन शुरु भएर पनि बीचमा पानी पर्न रोकिएला जस्तो लाग्दैन । त्यसैले किसानहरू आत्तिनुपर्ने अवस्था आउँदैन ।

झरी बढी वा कम पर्नुमा मानवीय गतिविधिको भूमिका छ कि छैन ?

मान्छेको क्रियाकलापले जलवायुमा असर त पार्छ नै । विश्वमै जलवायु परिवर्तनको असर ठूलो समस्या बनेर आएको छ । तर नेपालीकै कारण झरी बढी वा कम भए जस्तो लाग्दैन ।

हिमालको २६ जेठ-२ असार अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>