समाचारबुधबार, जेठ २४, २०६९
संविधान नआउनुमा मधेशी मोर्चा पनि जिम्मेवार-गच्छदार
सानेपास्थित लोकतान्त्रिक फोरमको कार्यालयमा २४ जेठमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन । चौथो शक्तिको हिसाबले मधेशी मोर्चाले संविधानसभा विघटनको नैतिक जिम्मेवारी लिने गच्छादारको भनाई छ । यद्यपि अन्तिम समयसम्म मोर्चाले प्रयास भने गरेको उनको दाबी थियो ।
उपप्रधानमन्त्री गच्छदारले पत्रकार सम्मेलनमा राष्ट्रिय सहमतिको सरकार बाबुराम भट्टर्राईकै नेतृत्वमा गठन गरी निर्वाचनमा जानुपर्ने बताए । कांग्रेस र एमाले जस्ता लोकतान्त्रिक दलहरूले जनताको जनादेश लिन डराउन नहुने उनले उल्लेख गरे ।
२३ गते पार्टीका वरिष्ठ नेता शरतसिं भण्डारीलाई निश्कासन गरेको फोरमले केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र शत्रुघन चौधरीलाई पनि पार्टीबाट निकालेको गच्छदारले सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
