अर्थ/बजारमंगलबार, जेठ २८, २०७०
डलर हालसम्मकै महङ्गो
अमेरिकी डलरको मुल्यले नयाँ उचाइ छुँदा विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेहरुलाई फाइदा भएको छ ।
२८ जेठमा नेपाल राष्ट्र ब्याङ्कले ९२ रुपैयाँ २३ पैसामा एक अमेरिकी डलरको विनिमय दर तोकेकोमा बाणिज्य ब्याङ्कहरुले ९३ रुपैयाँ ९० पैसा सम्ममा कारोवार गरि रहेका छन् ।
नेपालसँग स्थिर विनिमय दर भएको भारुको तुलनामा अमेरिकी डलर बलियो हुँदा नेपालमा पनि महङ्गो भएको हो ।
पछिल्लो समय अमेरिकी अर्थतन्त्र स्थिरता तिर उन्मुख भएको छ भने भारतको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा माथि नहुने अनुमान गर्न थालिएको छ ।
भारतको आर्थिक बृद्धिमा सुस्तता आउने खबरसँगै भारुको तुलनामा डलर बलियो हुँदै गएको हो ।
डलर महङ्गो हुँदा विदेशमा काम गर्नेलाई फाइदा भए पनि बस्तु आयात उच्च दरले भएकाले नेपालको समग्र अर्थतन्त्रलाई भने त्यति राम्रो गर्दैन ।
नेपाल राष्ट्र ब्याङ्कले जारि गरेको पछिल्लो विवरण अनुसार चैत सम्ममा कुल आयातको तुलनामा १४ प्रतिशत मात्र निर्यात भएको छ । निर्यात जन्य उद्योगलाई भने डलर महङ्गो हुँदा फाइदा पुग्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
