समाचारबिहीबार, जेठ २५, २०६९
न्यायाधीश बमका हत्याराको स्केच यस्तो छ
प्रहरीले जारी गरेको प्रेसविज्ञप्तिमा हत्यारा २७/२८ वर्षको मंगोलियन समुदायको हुन सक्ने उल्लेख छ । हत्याराको हुलीया दाह्री पालेको, गोलो अनुसार, कालो वर्ण खाई लाग्दो शरीर भएको र आर्मी जस्तो कपाल काटेको आफ्नो प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीको बयानको आधारमा तयार स्केच तयार पारिएको हो ।
पहिला पल्सर मोटरसाइकल चढ्नेले अहिले पल्सर चढ्न छोडेको, १८ जेठ वरिपरी कोठा सरेको वा सर्म्पर्कमा नआएको र घट्ना सम्बन्धी अन्य जानकारी भएर जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।
१८ जेठ विहान गोली लागेका न्यायाधीश बमको केही घण्टापछि नै निधन भएको थियो भने गोलीले घाइते राम गिरी र अंगरक्षकको उपचार भईरहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिं राना संयोजक रहेको पाँच सदस्यीय समितिले अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
