ब्लगबुधबार, जेठ २९, २०७०

शहरी वनको आशा

मिलन बगाले

‘वातावरण प्रदूषण न्यूनीकरणका लागि’ काठमाडौं महानगरपालिकाले एउटा घर बनाउँदा दुई वटा रूख रोप्नैपर्ने नियम बनाएको चार महीना भयो ।

घरको कम्पाउण्डमा रूख नरोपिए नक्सा पास नगर्ने भन्दै रूख नअट्ने घर भए छतमा भए पनि पाँच वटा गमलामा बिरुवा रोप्न उसले सुझाएको थियो ।

प्रदूषण घटाउने यो योजनालाई अरू प्रभावकारी बनाउन शहरी वन हुर्काउने सोच बन्दै गरेको १९ जेठमा उज्यालो एफएमलाई अन्तर्वार्ता दिंदै शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले छनक दिएका छन् ।

उनले शहरमा रोप्नलायक बोटबिरुवा सुझाउन पनि वनस्पतिविद्लाई अनुरोध गरेका थिए । वन विभागमा शहरी वन शाखा खोल्ने काम शुरू गरिएको अर्को उत्साहजनक खबर पनि आएको छ ।

वनबाट जडीबुटी, फलफूल, काठपात, घाँसदाउरा र अन्य पैदावार पाइन्छ । स्वच्छ वातावरण, अतिवृष्टि, अनावृष्टि, भूक्षय र बाढीपहिरो नियन्त्रण, पानीको मूलको संरक्षण वनले गर्ने अरू प्रमुख काम हुन् ।

शहरमा वन चाहिं वातावरण प्रदूषण घटाउन र शहरी शोभा बढाउन लगाइन्छ ।

वन विनासको सबैभन्दा ठूलो कारण शहरीकरणलाई मानिएको छ । सन् २००१ मा अमेरिकाले राष्ट्रिय शहरी वन सम्मेलनमा ‘खैरोबाट हरियो’ ९ग्रे टु ग्रीन० नामक प्रतिवेदन सार्वजनिक गर्दै शहरीकरण र नवनिर्माणले त्यहाँ ६३४।४ मिलियन ९६३ करोड ४४ लाख० रूख नाश भएको तथ्य सार्वजनिक गरेको थियो ।

प्रति वर्ष चार मिलियन रूख गुमाइरहेको उसले रूख बँचाउने र रोप्ने अभियान थालेको छ । ५२ लाख रूख रहेको न्यूयोर्कमा सन् २०१७ सम्ममा १० लाख रूख थप्ने उसको योजना छ ।

शहरी वनमा दक्षिण अफ्रिकाको जोहानेसवर्ग अगाडि छ । जहाँको वनलाई संसारकै सबैभन्दा ठूलो मानवनिर्मित शहरी वन मानिन्छ ।

त्यहाँका पार्कमा १२ लाख र निजी कम्पाउण्डमा ४८ लाख रूख छन् । शहरी वन निर्माणमा चीन पनि निकै अगाडि छ ।

सन् २०१० मा बेलायतको गार्जियन पत्रिकाले छापेअनुसार चीनले पाँच लाख वर्ग किलोमिटर क्षेत्रमा शहरी वन हुर्काएको छ ।

शहरी वनको अवधारणा बीसौं शताब्दीमा आए पनि १५ औं शताब्दीतिरै ग्रीक, इजिप्ट, चीन, पर्सिया, रोम जस्ता ठाउँका शहरमा राजा–महाराजाले बाग—बगैंचाको रूपमा यसको रचना गरिसकेका थिए ।

जडीबुटीका वन हुर्काएर विभिन्न औषधि उत्पादन गर्ने काम पनि त्यतिबेलै भएको थियो । आधुनिक शहरी वनको निर्माण चाहिं औद्योगिक क्रान्ति पछाडि शहरमा बढेको प्रदूषण रोक्न शुरू भएको हो ।

काठमाडौं महानगरभित्रका खुला ठाउँ र घरभित्र कति वटा रूख छन् भन्ने तथ्यांक हामीसँग छैन । दुइटा रूख रोप्ने र शहरी वन हुर्काउने अवधारणा भर्खरै शुरू भएका हुन् ।

अहिले नेपालको कुल भूभागको २९।१० प्रतिशत वनले ओगटेकोमा दशौं योजनामा यसलाई ४० प्रतिशत पु¥याउने भनिएको थियो ।

तर, १० औंदेखि १२ औं योजनाको ११ वर्षमा उत्पातै वन फँडानी भएको छ । शहरी क्षेत्रमा बाटो विस्तारका नाममा निर्मम तरिकाले रूख काटिएका छन् ।

नेपालमा अहिले धार्मिक, राष्ट्रिय, कबुलियती, सामुदायिक, साझेदारी, निकुञ्ज र मध्यवर्ती क्षेत्र लगायतका वनहरू छन् ।

सिमेण्टको खैरो वन (कंक्रिट जंगल) लाई कम गर्न शहरी वनको योजना भर्खर बन्दैछ । शहरमा भएकै रूख ढलेर घर, मान्छे र गाडी किचेर दुर्घटना भइरहेको यथार्थ शहरमा वन लगाउनुअघि वनविद्ले पक्कै नबिर्सेलान् ।

ती सबै विचार गरेर सिमेण्ट मात्रै थुपारिएको अति प्रदूषित, कुरुप र मान्छे बस्नै अयोग्य नेपाली शहरभित्र वन हुर्काउन पहल गर्नेको जय होस् ।

हिमालको २६ जेठ २ असार अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...