अर्थ/बजारबुधबार, जेठ २९, २०७०
माथिल्लो त्रिशुली ३ ‘ए’ को क्षमता विस्तारको निर्णय फिर्ता

रसुवाको डाँडागाउँ–७, सल्लेरीफाँटस्थित माथिल्लो त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको बाँध । तस्वीरः बलराम घिमिरे
सिंहदरबारमा २९ जेठमा बसेको प्राधिकरण बोर्ड वैठकले आयोजनाको क्षमता ६० बाट बढाएर ९० पुर्याउने निर्णय फिर्ता लिएको जारी प्रेस विज्ञप्तिमा छ । हिमालखबरपत्रिका (१६–३२ साउन २०६९) ले १३ अर्ब घाटाको खेलमा सरकार शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
केही समयअघि मात्र प्राधिकरण बोर्डले आयोजनाको क्षमता बढाउने विवादास्पद निर्णय गरेको थियो । प्राधिकरणका कर्मचारी युनियनहरुले यसको लगातार विरोध गर्दै आएका थिए ।
आयोजनाको ठेकेदार चिनियाँ कम्पनी सीजीजीसीको प्रस्तावमा क्षमता बढाउन अर्बौं रुपैयाँ आर्थिक चलखेल गरिएको आलोचना हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
