खेलकुदबिहीबार, जेठ ३०, २०७०

गोरखा कपको फाइनलमा मनाङ र आर्मी भिड्ने

हिमालखबर

राजधानीस्थित दशरथ रङ्गशालमा ३० जेठमा मनाङले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले हराएको हो । मनाङका लागि विशाल राईले खेलको ८७ औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । राईले योना एलिसको पासमा बललाई जाली चुमाएका हुन ।

थ्रीस्टारका फेमीलाई दुव्र्यवहार गरेको भन्दै मनाङका योनालाई रेफ्रीले रातो कार्ड दिएका थिए । यही विषयमा तनाव हुँदा खेल केहीबेर अबरुद्ध भएको थियो ।

आर्मी र मनाङबीच १ असारमा प्रतिस्पर्धा हुँदैछ । आर्मीले यसअघि नै ब्वाइज युनियनलाई पराजित गरेर फाइनल यात्रातय गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...