Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युरो २०१२ :अभागी नेदरल्यान्ड्स माथी धेरैको आशा - Himalkhabar.com

खेलकुदशुक्रबार, जेठ २६, २०६९

युरो २०१२ :अभागी नेदरल्यान्ड्स माथी धेरैको आशा

Sandesh Panta

नेदरल्यान्ड्स ठुला प्रतियोगितामा सधैं जसो राम्रो प्रदर्शन गरेपनी गौरव चुम्ने मौकाबाट सधै चुक्ने गर्दछ । प्रतिभाशाली खेलाडीको खाँचो कहिले पनि नपरेको नेदरल्यान्ड्सले के यसपाली आफ्नो दोस्रो युरो उपाधी जित्न सक्ला ? आउनुस एक छिन चर्चा गरौं ।

योहान क्राउफ र प्रशिक्षक रिनस मिचेल्सले सुरुवत गरेको टोटल फूटबलले नेदरल्यान्ड्स ७० को दसकमा दुइ विश्वकपको फाइनलमा पुगे पनि रित्तो हात फर्कन बाध्य भयो । ‘८८ मा रिनस मिचेल्स कै व्यवस्थापन र रुड हुलिटको नेतृत्वमा मार्को भान बास्टन र फ्राङ्क राइकार्ड जस्ता हस्ती सम्मिलित डच टोलिले आफ्नो पहिलो युरो जित्न सफल भयो । तर त्यसपछी उत्कृस्ट फुट्बल खेल्दै उपाधीको नजिक पुगेर पनि खाली हात फर्कनु पर्दा समर्थकहरुले धेरै पिडा भोगिसकेका छन ।

भान मार्वाइक २००८ म टिम को व्यवस्थापक भएपछी नेदरल्यान्ड्सले खेल्ने शैलीमा केहि परिवर्तन गर्यो । ४-३-३ को रणनितीबाट ४-२-३-१ को रणनितीमा गएपछी बढी रक्षात्मक खेल खेल्दै आएको नेदरल्यान्ड्सका अधिकांश समर्थकहरु आफ्नो टोली २०१० को विश्वकप फाइनलमा पुगेपनी खासै सन्तुष्ट भने थिएनन । सुन्दर फूटबललाई बिर्सेर जित तर्फ मात्रै लक्षित नेदरल्यान्ड्सको खेललाई धेरै बिश्लेषकहरुले आलोचना गर्न समेत पछी परेनन।

विशेष गरी नाइजल डि योङ्, जस्ले विश्व कप फाइनलमा शाबी अलोन्सोलाई छातीमा नराम्रो किक प्रहार गरेर पनि पहेँलो कार्ड मात्रै पाएका थिए , को व्यापक आलोचना भयो । त्यसको केहि महिना पछी इङ्लिश प्रीमियर लीगमा उनकै ट्याकलले न्युकाशल युनाइटेडका हतिम बेन आर्फाको खुट्टा भाँचियो। जसको कारण कोच भान मार्वाइकले छनौट चरणका अधिकांश खेलहरुमा डि योङलाई खेलाएनन । तर तयारी खेलहरुमा उनि सुरुवात गरेबाट उनको उपस्थिती प्राय निश्चित भएको अड्कल लगाउन सकिन्छ ।

युरोमा नेदरल्यान्ड्सको प्रदर्शन हेर्ने हो भने उसले निरन्तर राम्रो खेल्दै आएको छ । ८८ मा विजेता र ९२ मा अन्तिम चारमा पुगेको नेदरल्यान्ड्सले ९६ मा अन्तिम ८ तथा २००० र २००४ मा अन्तिम चारको यात्रा तय गरेको थियो । २००८ मासमुह चरणका सबै खेलमा उत्कृस्ट प्रदर्शन गरे तापनि क्वार्टरफाइनलमा रुससँग ३-१ को नमिठो हार पछी बाहिरियो ।

यसपालीको छनौट चरणमा आफ्नो अन्तिम खेल बाहेक सबै खेलहरुमा उल्लेख्निय प्रदर्शन गरेको नेदरल्यान्ड्सले सान मरिनोलाई एक खेलमा ११-० को भारी अन्तरले पराजित गरेको थियो ।

छनौट चरणमा प्रदर्शन : १० खेल्, ९ जित, १ हार , ३७ गोल ( क्लास यान हुन्टलार : १२ गोल)
सम्भावित सुरुवाती एघार- (४-२-३-१): स्टेकेलेन्बर्ग, भान डर विल, हाइटिङ्गा, मठाइसन, जेट्रो विलेम्स/स्टाइन शार्स, मार्क भान बोमेल, नाइजल डि योङ, अफेलाए, रोबेन, स्नाइडर, अफेलाए, रोबिन भान पर्सी

बर्ट भान मार्वाइकसँग आक्रमणमा यती धेरै बिकल्पहरु छन कि डर्क काउट्, रफाएल भान डर भार्ट र सम्भवत: क्लास यान हुन्टलार जस्ता खेलाडीहरुले पनि बेन्चमै चित्त बुझाउनु पर्ने बाध्यता छ । अघिल्लो विश्वकपमा सबै खेल खेलेका डर्क काउटको लेफ्ट विङको स्थान इब्राहिम अफेलाएले लिन सक्ने छन । चोटका कारण ७ महिनासम्म व्यवसायिक फुट्बलबाट टाढा रहेका अफेलाए प्रती प्रशिक्षकले पुरा बिश्वास देखाएका छन । उत्तरी आयर्ल्यन्डसँगको तयारी खेलमा २ गोल गरेका उनी सँगइ राइट विङमा बायर्न म्युनिखका आर्एन रोबेन खेल्नेछन । फिट हुन सकेमा उनी एक म्याच विनर नै हुन भन्ने कुरा विगतमा क्लब र देशबाट खेल्दा पटक पटक साबित गरिसकेका छन । उनको पेस र प्रतिद्वन्दीको डिफेन्स तोड्न सक्ने कौशलमाथी नेदरल्यान्ड्सको आक्रमण निर्भर रहनेछ ।

तर भान मार्वाइक स्ट्राइकर को खेलाउने भन्ने बारेमा दोधारमा छन । छनौट चरणमा १२ र अघिल्लो सिजन शाल्काबाट ४४ गोल गरेका क्लास यान हुन्टलार वा आर्सनलबाट ३७ गोल गरेका रोबिन भान पर्सी । प्रशिक्षकले यस पटक पनि भान पर्सी माथि नै भरोसा गर्ने सम्भावना धेरै भएकोले हुन्ट्लार बेन्चमै बस्नु पर्ने हुनसक्छ । हुन्टेलारलाई स्ट्राइकर र भान पर्सीलाई विङ्गरको रुपमा खेलाउने बिकल्प पनि उनीसँग नभएको हैन, जुन उनले बुल्गेरियासँगको मैत्रीपूर्ण खेलमा परिक्षण पनि गरेका थिए, तर त्यो त्यती चित्त बुझ्दो नभएकोले भान पर्सीले नै सुरुवात गर्न सक्नेछन । त्यो स्थितीमा हुन्टलार दोश्रो हाफमा प्रयोग हुनेछन ।

अट्याकिङ मिड्फिडरको रुपमा इन्टर मिलानका स्टार वेस्ली स्नाइडर उपस्थित हुनेछन । चोटका कारण त्यती राम्रो हुन नसकेको अघिल्लो सिजन पछी अहिले उनी आफ्नो लयमा फर्किसकेको भान हुन्छ । उनी माथी स्ट्राइकरलाई बढी भन्दा बढी पास दिने जिम्मा छ साथै उनी फ्री- किक हान्न पनि खप्पिस छन ।

डिफेन्सिव मिड्फिल्डमा खेल्ने कप्तान मार्क भान बोमेल र नाइजल डि योङले प्रतिद्वन्दीको आक्रमणलाई निस्तेज पार्न खोज्नेछन । कडा ट्याकल हान्न चर्चित यि दुइको जोडी विश्वकपमा पनि सफल रहेको थियो । केहि आक्रामक हुन चाहेमा प्रशिक्षकले डि योङको स्थानमा भान डर भार्टलाई ल्याउन सक्नेछन ।

नेदरल्यान्ड्सको कमजोर पक्ष भनेको उसको डिफेन्स नै हो । डिफेन्सका कोही पनि खेलाडी विश्व स्तरिय छैनन भन्दा फरक नपर्ला । स्पेनिश क्लब मालागाबाट खेल्ने सेन्टर ब्याक योरिस मठाइसन अघिल्लो सिजन चोटले सताइएका थिए । अहिले पनि ह्याम्स्टृङको चोटले ग्रसित उनी खेल्ने नखेल्ने बारे निश्चित छैन । पहिलो खेलमा उनी नखेलेमा उनको अनुभब खट्किनेछ । उनको स्थान रोन भ्लारले लिनेछन । अर्का सेन्टर ब्याक जोन हाइटिङ्गा एवर्टनबाट खेल्ने गर्छन र उनीसँग ७८ अन्तररास्ट्रीय खेलको अनुभब छ ।

राइट विङमा खेल्ने ग्रेगोरी भान डर विल एक राम्रो खेलाडी हुन जो निरन्तर आक्रामणमा सामेल हुने गर्छन । तर लेफ्ट विङमा भने चोटग्रस्त एरिक पिटर्सको अनुपस्थितीमा यस प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडी १८ वर्षिय जेट्रो विलेम्स अथवा स्टाइन शार्स मध्य एकले मौका पाउनेछन । विलेम्ससँग मात्र २ खेलको अनुभव भए पनि उनी शार्स भन्दा राम्रा लेफ्ट ब्याक हुन भन्ने भनाइ डच मिडियाहरुको छ ।
ग्रुप अफ डेथमा परेको नेदरल्यान्ड्सले ९ जुनमा डेनमार्कको सामना गर्नेछ भने १३ जुनमा चिर प्रतिद्वन्दी जर्मनीसँग भिड्नेछ । १७ जुनमा पोर्चुगलसँगको खेल पनि सजिलो भने पक्कै हुनेछैन । तर बिश्लेषकहरु नेदरल्यान्ड्सले यस समुहबाट दोश्रो भएर अन्तिम ८ मा पुग्ने अड्कल काटिरहेकाछन ।

अन्तररास्ट्रीय उपाधीको रुपमा १९८८ को युरो मात्र जित्न सकेको नेदरल्यान्ड्स यस पटकको युरो मा स्पेन र जर्मनी पछीको तेस्रो दाबेदार मानिएको छ । ९० को दशकको अन्त्य र २००० को सुरुका वर्षहरुमा चर्चित बर्गक्याम्प्, क्लाईवर्ट्, ओवर्मार्स्, डाविड्स्, सिडोर्फ्, स्टाम र डि बोर जस्ता हस्तीहरुले पनि आफ्नो देशको लागी केहि जिताउन सकेनन । अहिलेको जेनरेसनका खेलाडीहरुले उपाधी जिताउन सक्नेछन भन्ने आशा समर्थकहरुले लिएकाछन तर के यसपटक उसलाई भाग्यले साथ देला ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>