रमझमशनिबार, आषाढ १, २०७०
हिमालका सम्पादकलाई रोटरी जर्नो अवार्ड
सम्पादक किरण नेपालसहित पाँच पत्रकारलाई यो अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउने अन्य पत्रकारहरूमा नेपाल टेलिभिजनका पत्रकार राजु सिलवाल, राष्ट्रिय समाचार समितिका एकराज पाठक, कान्तिपुर दैनिककी स्याङ्जा संवाददाता बसन्ती बास्तोला र सप्तरीका पत्रकार शिवहरि प्रसाद भट्टराई छन् । सिलवाललाई वातावरण, पाठकलाई स्वास्थ्य, बास्तोलालाई महिला तथा समुदायको विकासका लागि भट्टराईलाई शिक्षा पत्रकारितामार्फत योगदान पुरयाएको भन्दै यो अवार्ड प्रदान गरिएको थियो ।
उनीहरूलाई पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले ताम्रपत्र तथा रोटरी इन्टरनेशनल नेपालका डिस्ट्रिक गभर्नर योगेन्द्रमान प्रधानले चेक प्रदान गरेका थिए । अवार्ड पाउने पत्रकारहरूलाई ताम्रपत्रसहित रु.२५ हजारको चेक समेत प्रदान गरिएको थियो । कार्यक्रममा रोटरी इन्टरनेशनल नेपालका प्रवक्ता तथा पूर्व डिस्ट्रिक्ट गभर्नर तीर्थमान शाक्यले आ–आफ्नो विधाबाट पत्रकारिता क्षेत्रमा योगदान पुरयाउने पत्रकारहरूको कामको मूल्यांकन गर्दै हौसला प्रदान गर्न यो अवार्ड दिन थालिएको बताए । यो अवार्ड गत वर्षबाट प्रदान गर्न शुरू गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
