रमझमशनिबार, आषाढ १, २०७०

टिकट काटेर मगर कविता वाचन हुने

हिमालखबर

नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समितिले ८ असारमा कविता वाचन कार्यक्रम आयोजना गरेको हो । पोखराको सभागृह चोकमा मध्यान्ह १२ बजे मगर भाषा (ढुट) मा पाल्पाका टोप अस्लामी मगर र अठार मगरात मगैर भाषा (खाम) मा कैलालीका गणेश पहराई जिगम (घर्ती मगर) ले संयुक्त कविता वाचन गर्ने समितिका अध्यक्ष मेजन पुन मगरले जानकारी दिए ।

मातृभाषा साहित्यको प्रर्बद्धन र व्यावसायिकरणको शुरुवात स्वरुप कार्यक्रम आयोजना गरिएको अध्यक्ष मगरले बताए । कविद्वयलाई जनही रु. पाँच हजार प्रोत्साहन रकम दिने भएको छ । टिकट दर रु. १०० छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>