Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गोर्खा कप मनाङ मस्र्याङ्दीले जित्यो - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ १, २०७०

गोर्खा कप मनाङ मस्र्याङ्दीले जित्यो

हिमालखबर

तस्वीर सौजन्यः गोलनेपाल

राजधानीस्थित दशरथ रंगशालामा १ असारमा आर्मीलाई ४–१ गोल अन्तरले पराजित गरेर मनाङले उपाधि हात पारेको हो । मनाङले रु. १० लाख तथा उपविजेता आर्मीले रु. ५ लाख नगद पुरस्कार प्राप्त गरे ।

सुलभ मास्केको ह्याट्रिकले मनाङलाई उपाधि दिलाएको हो । मास्केले खेलको ९ औं, ४९ औं र ८९ औं मिनेटमा गोल गरेका थिए । मनाङका अनिल गुरुङले खेलको १७ औं मिनेटमा गोल गरे । आर्मीका लागि २९ औं मिनेट काशीराज कार्कीले सान्त्वना गोल गरे ।

सेमिफाइनलमा आर्मीले ब्वाइज युनियन र मनाङले थ्रीस्टारलाई पराजित गरेको थियो । थ्रीस्टार र बी ब्बाइज युनियनले जनही एक लाख रूपैयाँ हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित आर्मीका टङ्क बस्नेतले यामाहाको मोटरसाइकल प्राप्त गरे ।  मनाङका विकास श्रेष्ठ, कप्तान सागर थापा र अमृत पन्तले क्रमशः उत्कृष्ठ गोलकिपर, उत्कृष्ट डिफेन्स र उत्कृष्ठ प्रशिक्षकको उपाधि हात पारे । आर्मीका काशीराज कार्की उत्कृष्ठ फरवार्ड र टेकबहादुर बुढाथोकी उत्कृष्ठ मिडफिल्डर घोषित भए । उत्कृष्ठ घोषित हुने खेलाडी एवम् प्रशिक्षकले जनही रु ५० हजार नगद प्राप्त गरे ।
मनाङका अनिल गुरुङले सर्वाधिक ७ गोल गरे भने आर्मीका काशीराज कार्की, नरेश मिचे र रानीपोखरी कर्नर टिम (आरसिटी)का सुमन लामाले समान पाँच/पाँच गोल गरेका थिए ।  उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई एन्फाका अध्यक्ष गणेश थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ज्याक स्टेफोनोस्कीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>