Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेलायतमा बेसहारा - Himalkhabar.com

रिपोर्टशुक्रबार, जेठ २६, २०६९

बेलायतमा बेसहारा

Badri poudel

‘बेलायती सेनाको गृहनगरमा स्वागत !’
बेलायतको राजधानी लण्डनबाट ६० किलोमिटर दक्षिण-पश्चिम अल्डरशट शहरको रेल्वे स्टेशनबाट बाहिरिनासाथ देखिने स्मारकमा कुँदिएका शब्द हुन् यी । शहरले आफ्नो जनसंख्याको झण्डै १० प्रतिशत पुग्ने गरी भूपू गोर्खा सैनिकहरूलाई आश्रय दिएको पनि छ । गोर्खा भेटेरान तथा उनीहरूका आश्रति अल्डरशटमा ९००० र नजिकैको फार्नबोरोमा ३००० छन् । गोर्खा भेटेरानहरु लण्डन आसपासका रिडिङ, प्लमस्टिट, वेम्बलीदेखि वेल्ससम्म पुगेका छन् ।

उनीहरू बेलायती सेनामा चार वर्षसेवा गरेका गोर्खा सैनिक, तिनका श्रीमती र १८ वर्षभन्दा कम उमेरका छोराछोरीले बेलायतमा बसोबास अधिकार पाएपछि आएका हुन् । नेपालमा राम्रै इज्जत-प्रतिष्ठा र बन्दोबस्तसहित घरपरिवार, आफन्त तथा छरछिमेकमाझ रमाएर बसेका भूपूहरू ती सबै त्यागेर राम्रो सरकारी सुविधा पाइने, पैसा बच्ने, छोराछोरी ल्याएर पढाउने, कामकाजमा लगाउने, राम्रो स्वास्थ उपचार गराउने सपना सजाएर आएका थिए । तर यहाँ आएपछि सबैको सपना यथार्थमा परिणत हुनसकेको छैन । यसरी बेलायतमा बस्न आएकामध्ये खासगरी १९९७ अघि अवकाश पाएका भूपू सैनिक र तिनका श्रीमतीको जीवन कष्टका बीच गुज्रिरहेको छ । काम गर्न सक्ने उमेर, क्षमता र योग्यता भएकाहरूले राम्रै गरे पनि असक्त बूढाबूढी, अंग्रेजी भाषा नजान्ने, कामको विशेष सीप र योग्यता नभएका तथा छोराछोरी ल्याउन नपाएकाहरूको बिचल्ली भएको छ ।
ब्रिटिश गोर्खा सैनिकको हेडक्वार्टर पनि भएको अल्डरशटमै धेरै जना आएका छन् । भूपू गोर्खाहरूलाई लक्ष्य गरेर यहाँका कतिपय बेलायती युवाले फेसबूकमा विरोध अभियान पनि चलाउन थालेका छन् । स्थानीय नेताहरूले समेत आफ्नो ठाउँमा गोर्खालीहरूको आगमन र बसोबासलाई बोझको रूपमा लिन थालेका छन् । अल्डरशटका सांसद् गेराल्ड होवार्थले यो विषयमा पटक-पटक प्रधानमन्त्रीको ध्यानाकर्षा गर्दै गोर्खालीहरूलाई शरणार्थी झैं ठाउँ-ठाउँमा छरेर राख्न माग गरेका छन् ।

२०० वर्षेखि बेलायतको राजनीतिक हित रक्षाको लागि दुवै विश्वयुद्ध, अनेको‌ क्षेत्रीय लर्डाईं र विभिन्न देशका आन्तरिक सैन्य कारवाहीमा भिडेका गोर्खा सैनिकहरूको बेलायतमा हैसियत ‘शरणार्थी’ को मात्रै हो त – वर्षौंदेखि आफ्ना बेलायती समकक्षीसरह पेन्सन, भत्ता, सुविधा आदिको लागि लड्दै जीवनको उत्तर्रार्द्धमा आवासीय अधिकार पाएर बसोबास गर्न बेलायत आइपुगेका भूपू गोर्खा सैनिकहरूको जीवन भने त्योभन्दा पनि दयनीय देखिएको छ । अल्डरशट वरपर भेटिएका भूपू सैनिकहरूको जीवनचर्याले यही देखाउँछ ।
वृद्ध र बिरामी भूपू सैनिक तथा तिनका श्रीमतीहरूलाई बेलायतमा परेको सबैभन्दा ठूलो समस्या हेरचाह गर्ने मानिस नहुनु हो । स्याङ्जा ठूलो पेल्काचौरका ७४ वर्षीय भीमबहादुर गुरुङ श्रीमती लालमायासँगै १५ महिनाअघि बेलायत आएका हुन् । “अधिकार पायौं”, उनी भन्छन्, “तर यो बुढेसकालमा हिँडाउने-डोर्‍याउने कोही भएन ।” गुरुङका दुइ छोरी र एक छोरा नेपालमै छन् । बेलायतको कानूनअनुसार १८ वर्षउमेर पुगिसकेका ती छोराछोरी बाबुआमामा आश्रति नमानिने हुँदा आउन पाएनन् । बेलायत सरकारले कसैलाई ‘विशेष अवस्था’ भनेर र कसैलाई मुद्दा जितेको कारणले १८ नाघेका छोराछोरी ल्याउन दिए पनि अधिकांशलाई दिएको छैन, ढल्दो उमेरका बिरामीहरु निसहाय हुनपुगेका छन् ।

स्वास्थ्य-उपचार निःशुल्क छ । दम र खोकीको रोग भएका भीमबहादुर अस्पताल गए भने डाक्टरहरूले हेर्छन् र औषधि दिन्छन्; तर अंग्रेजी बोल्न र लेखपढ गर्न नजान्ने उनी आफ्नो समस्या बताउनै सक्दैनन् । “त्यसको लागि पैसा खर्च गरेर मान्छे लैजानर्ुपर्छ । छोराछोरी जो भए पनि एकजना पढेलेखेको मान्छे ल्याउन पाए अरूलाई गुहार्नुपर्ने थिएन”, लालमाया भन्छिन् ।

बेलायत बस्न आएका ६० नाघेका भूपू सैनिकका छोराछोरी प्रायः १८ वर्षाथिकै छन् । पाँच सन्तानका बाबु संखुवासभा खाँदवारीका ८३ वषर्ीय सुरध्वज र्राईका त नाति-नातिनाले समेत त्यो उमेर काटिसके । श्रीमती फङ्लासँगै आएका सुरध्वजलाई ६० वर्षघि सेनामा छँदै ढाडको प|mयाक्चर र आँखाको समस्या भएको थियो । अहिले त्यसले खुब पिरोल्न थालेको छ । तर, राम्रोसँग एक्सरे गराएर डाक्टरलाई आफ्नो समस्या सुनाउने उनको इच्छा अधुरै छ । उनी भन्छन्, “श्रीमती पनि बिरामी भएका बेला स्याहार गर्ने कोही नभएर भोकभोकै सुत्छौं ।”

पाँचै जना छोराछोरी भएका रामेछाप भुजीका जीतबहादुर सुनुवार काठमाडौंमा घरबार जोडेर बसेका थिए । सुगर, प्रेसर र बाथको रोगी जीतबहादुर अहिले श्रीमतीको सहयोगमा लठ्ठी टेकेर वा हृवील चेयरमा यताउता गर्छन् । भर्खरै ब्रेष्ट क्यान्सरको अपरेशन गराएकी श्रीमती लालमाया पनि कमजोर नै छिन् । उनी भन्छिन्, “बाबुआमालाई मात्र अधिकार दिएर भएन, छोराछोरीलाई पनि चाहियो नि ! नत्र हाम्रो अवस्था ब्रि्रँदै गएपछि कसले हेर्छ ?”

यी कुरा हुँदा जीतबहादुरकहाँ आइपुगेकी झापाकी लालमाया र्राईले छोरीलाई ल्याउन गरेको प्रयासको बेलीविस्तार लाइन् । “छोरीको भीसामा ७५ हजार रुपैयाँ त्यसै खेर गयो”, उनले भनिन्, “यहाँ धूलोमूलो थिएन, रोगलाई पनि फाइदै भएको थियो । तर यस्तो बेसहारा भएर बस्नुभन्दा त अब फर्किन्छु ।” अल्डरशटमा एक्लै कोठा लिएर बसेकी लालमाया र्राईलाई दमको रोग छ । “यो लालमायालाई अपर्झट केही भयो भने हर्ेर्ने, हारगुहार गर्ने कोही छैन”, लालमाया सुनुवारले भनिन्, “नेपालमा भए यसो छिर्नु हुन्थ्यो । यहाँ त नम्बर नथिची, साँचो नभई कसैकहाँ छिर्न सकिँदैन ।”

भूपू गोर्खा सैनिकहरूको हित र कल्याणको लागि थुप्रै संघसंस्था खुलेका छन् । उनीहरूले भूपूहरूलाई बेलायत ल्याउन तँछाडमछाड पनि गरेकै हुन्, मौका पर्दा कसैले धेरै चन्दा-सहयोग लिए, कसैले थोरै, फरक यति मात्र हो । तर, बुढाबुढीहरुको दयनीय अवस्थाप्रति संस्थाहरूको पर्याप्त ध्यान पुगे जस्तो देखिँदैन । बेलायतको कानून र सामाजिक परम्परा आफ्नो ठाउँमा होला, तर आफूहरूले नेपाली समाजकै परम्पराअनुसार छोराछोरीका साथमा बस्न पाउनुपर्ने माग भूपूहरूको छ । उनीहरूको माग सम्बोधन गराउने किसिमको पहल संस्थाहरूबाट भएको देखिँदैन ।

बेलायतमा बसोवासका लागि सबभन्दा धेरै भूपू गोर्खाहरूलाई ल्याएको गोर्खा भूपु सैनिक संघ -गेसो) का उपाध्यक्ष कृष्णकुमार र्राईले भूपूहरूलाई अस्पताल, ब्याङ्क, काउन्सिलमा लगेर काम गराइदिने गरेको बताए । गेसोले अल्डरशटमा हप्ताको एक दिन दर्ुइ घण्टा अंगे्रजी भाषा कक्षा पनि चलाएको छ, यद्यपि भूपूहरूको उमेर र संख्या हेर्दा संस्थाको यो प्रयास त्यति उपयोगी हुने देखिँदैन । १८ वर्षाथिका छोराछोरी ल्याउन पाउनुपर्ने मागका सम्बन्धमा र्राईले भने, “हामीले मुद्दा हालेका छौं । अहिलेको लर्डाईं यही हो ।”
बेलायतमा बलियो उपस्थिति भएको ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी -बीजीडब्ल्यूएस) का प्रवक्ता प्रकाश गुरुङले भने १८ वर्षाथिका छोराछोरी ल्याउन पाउनुपर्छ भन्ने माग सुन्नलाई प्रिय भए पनि कति सम्भव छ भन्ने प्रश्न उठाए । गोर्खा भूपूको समान पेन्सनको मुद्दालाई यूरोपेली अदालतमा पुर्‍याएको बीजीडब्ल्यूएस आफ्नै पक्षमा फैसला हुनेमा आशावादी छ । गुरुङ भन्छन्, “समान पेन्सन पाएका भए यहाँ कोही आउने थिएनन्, ब्रिटिशहरूलाई पनि सबैलाई यहाँ ल्याएर पाल्नभन्दा नेपालमै समान सुविधा दिँदा कम भार पथ्र्यो ।”

बेलायतमा सकृय अर्को प्रमुख संगठन संयुक्त ब्रिटिश गोर्खा भूपू सैनिक संघ चाहिँ समान पेन्सनमा क्षतिपर्ूर्तिको माग समेत थपेर आम बेलायतीको हस्ताक्षर बटुलिरहेको तथा छोराछोरी ल्याउने व्यवस्था गर्न राजनीतिक निर्णय गराउने प्रयास गरिरहेको छ । एक लाख हस्ताक्षर पुर्‍याएर बेलायती प्रधानमन्त्रीलाई बुझाइने जानकारी दिँदै संघका ज्ञानराज र्राईले भने, “गोर्खा सैनिकहरू अवकाशलगत्तै यहाँ आउन पाएका भए उनीहरूका छोराछोरी पनि आउँथे र यहीं पढेर, काम गरेर बाबुआमा पाल्न सक्ने हुन्थे । त्यसो नभएर भूपूहरू अहिलेसम्म जुन कुराबाट वञ्चित हुनपुगेका छन्, बेलायत सरकारले त्यसको क्षतिपूर्ति पनि दिनुपर्छ ।”

संघसंस्थाका माग र अभियानहरू आ-आफ्नो ठाउँबाट अघि बढ्दै गर्लान्, तर निसहाय भूपूहरूको समस्या भने दिनपरदिन जटिल बन्दैछ । अबको ५-६ वर्षछि स्थिति झन् विकराल हुने संकेत गर्दै गेसो फार्नबोरोका अध्यक्ष भक्तबहादुर गुरुङ भन्छन्, “त्यस्तो अवस्थामा उनीहरूलाई केयर होममा जानुपर्ने हुनसक्छ । तर केयर होमको खर्च धान्न कसैले सक्ने छैनन् । त्यसको लागि बेलायत र नेपाल दुवै सरकारले अहिल्यैदेखि सोच्नुपर्छ ।”

बूढापाका भूपूहरूको बेलायतको जीवन जति कष्टकर छ, मृत्यु झन् दर्दनाक । “यहाँ मरेपछि चिहान किन्न तीन-चार हजार पाउण्ड खर्च हुन्छ”, कास्की सिद्धका ६८ वर्षीय प्रेमजङ्ग शाही भन्छन्, “बेलायतीले समेत आफ्नो मृत्युसंस्कारका लागि जीवित छँदै फ्युनरल क्रेडिटको जोहो गर्नुपर्ने यो देशमा कसैको मृत्यु भयो भने गोर्खाली समुदायमा चन्दा आतंक नै मच्चिन्छ ।”

(अल्डरशटबाट फर्केर तयार पारिएको रिपोर्ट)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>