अन्तर्वार्ता/विचारबिहीबार, आषाढ ६, २०७०
‘परिषद्ले स्तर वृद्धिमा ध्यान दिनुपर्छ’
एसएलसीको नतिजा आएपछि विद्यार्थी तानातान गर्ने प्रवृत्तिलाई के भन्नुहुन्छ?
अहिले उच्च माविहरूबीच विद्यार्थी तान्ने अस्वस्थ प्रतिस्पर्धा छ। कुन कलेजमा के पढ्ने भन्ने कुरा छनोट गर्ने अधिकार विद्यार्थीलाई दिनुपर्छ, दबाब दिनुहुन्न।
अहिलेको शैक्षिक गुणस्तर कस्तो छ?
हाम्रो समग्र शैक्षिक स्थिति त्यति बिग्रेको छैन। हाम्रा विद्यार्थी संसारका जुनसुकै ठाउँमा गएर पढ्न सक्ने भएका छन्।
व्यवहारिक शिक्षामा कमजोरी छैन र?
व्यवहारिक शिक्षामा हामी केही कमजोर छौं। यो कुरालाई ध्यानमा राखेर सामाजिक मूल्य र मान्यतालाई लक्षित गरी व्यवहारिक शिक्षामा जोड दिनुपर्छ।
तपाईंको स्कूलको विशेषता के हो?
हाम्रो स्कूलको शुल्क मध्यमवर्गीय परिवारले धान्न सक्ने छ। हामीकहाँ भर्ना भएका विद्यार्थीलाई सक्षम बनाउने दायित्व हाम्रो भए पनि मिहिनेत विद्यार्थीले नै गर्ने हो।
पारिवारिक वातावरणमा पढाइ हुन्छ, हरेक कुराको पूर्वाधार छ। धेरैजसो प्लस टू आंशिक शिक्षकका भरमा चलेका छन्, तर हामीकहाँ सबै शिक्षक पूर्णकालीन छन्, एकजना पनि आंशिक छैनन्।
कतिपय कलेजले भिडियो कन्फेरेन्सको व्यवस्था छ भनेर विज्ञापन गरेका छन्, त्यसले कस्तो प्रभाव पार्छ?
दश जोड दुईमा के को भिडियो कन्फरेन्स? यस्तो प्रचारको अर्थ छैन। मल्टिमिडियासम्म प्रयोग गर्न सकिन्छ, तर भिडियो कन्फेरेन्स जरूरी छैन।
शिक्षा मन्त्रालयले जारी गरेको आचारसंहिता विद्यालय संचालकहरूले नै पालना नगरेको आरोप छ नि?
आचारसंहिता कडाइपूर्वक पालना हुनुपर्छ। यसमा उच्च माध्यमिक शिक्षा परिषद्ले अनुगमन गर्नुपर्छ। यसको पालना भएमा धेरै समस्या हल हुनेछ।
यसमा परिषद्को कस्तो भूमिका हुन्छ?
परिषद्को काम परीक्षा लिने मात्र होइन, उमाविहरूको स्तर वृद्धि गर्न पनि ध्यान दिनुपर्छ। परिषद्ले उमाविहरूको अनुगमन र समयानुकूल पाठ्यक्रम परिमार्जन गर्न सकेको छैन।
अबको योजना के छ?
हरेक वर्ष जस्तै यस वर्ष पनि एसएलसीमा धेरै विद्यार्थी अंग्रेजी, गणित र विज्ञानमा अनुत्तीर्ण भएका छन्। भोलिका दिनमा यी विषयको अध्ययनका लागि सामुदायिक विद्यालयलाई सघाउने योजना बनाएका छौं।
२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
