रमझमबिहीबार, आषाढ ६, २०७०
नेपाल–अफ्रिका चलचित्र महोत्सव सम्पन्न
नेपाल र अफ्रिकाबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै पर्यटन प्रबद्र्धन तथा कला संस्कृति आदानप्रदान गर्ने उद्देश्यले ३ असारदेखि कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा सञ्चालन भएको महोत्सवमा नेपाल र अफ्रिकी महादेशका गरी १४ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको आयोजनामा भएको महोत्सवमा सुवास गजुरेलद्वारा निर्देशित ‘यसरी नै आरु फुल्छ’ सुष्मा जोशीद्वारा निर्देशित ‘बर्मा मेरो मनमा’ र समन अधिकारीद्वारा निर्देशित ‘द काम्रे’ गरी तीनवटा नेपाली चलचित्र प्रदर्शन गरिएको महोत्सवकी निर्देशक डा मन्जु मिश्रले जानकारी दिइन ।
त्यसैगरी केन्या, युगाण्डा, डेनमार्क, रुवाण्डा, फ्रान्स, बेल्जियम, दक्षिण अफ्रिका र जाम्बियाका गरी ११ वटा चलचित्र प्रस्तुत गरिएका थिए । प्रदर्शित चलचित्रमा अफ्रिका महादेशका ५३ वटा मुलुकका पौराणिक इतिहास, आदिवासी जनजातिले अधिकार प्राप्तिका लागि सरकार पक्षसँग गर्नुपरेका आन्दोलन, काला जातिमाथि गोराहरूले गर्ने गरेको भेदभाव लगायतका यथार्थपरक घटना समावेश गरिएका थिए ।