Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हण्डरबाट सफलता - Himalkhabar.com

व्यक्तित्वशुक्रबार, आषाढ ७, २०७०

हण्डरबाट सफलता

हिमालखबर

तस्वीर: देवयानी सिवाकोटी

पर्वतको कार्कीनेटामा जन्मेका हरिभक्त शर्मा (५०) ले गाउँमै एसएलसी गरेर त्रिवि शिक्षण अस्पतालमा ‘सर्टिफिकेट अफ जेनेरल मेडिसिन’ पढे। त्यसपछि एमबीबीएसतिर नलागी व्यवस्थापनमा एमबीए सकेर अमेरिकामा डेढ वर्षको विशेष कोर्ष गरे। त्यसपछि २०४२ सालमा देउराली जनता फर्मास्युटिकल्स खोल्न लाइसेन्सका लागि निवेदन दिए, तर स्वीकृति पाउन २०४५ सम्म पर्खनुपर्‍यो, पञ्चायतको काइदा त्यस्तै थियो।

उद्योगले विदेशबाट आधुनिक प्रविधि आयात गर्दा लगानी थप्नु परेपछि साझेदारले २०५१ मा कम्पनी छाडे। उनलाई एक्लै पैसा हाल्न कठिन थियो, उद्योग चलाउनुको विकल्प पनि थिएन। २०५५ देखि उद्योगबाट स्तरीय उत्पादन बजारमा जान थाले। शर्माका अनुसार, नेपालमा अत्याधुनिक प्रविधिबाट औषधि उत्पादन गर्ने देउराली जनता मात्र हो। रु.५० लाख लगानीमा स्थापना भएको उद्योग अहिले धापासीको २५ रोपनी जमिनमा फैलिएको छ। पूँजी क्षमता रु.७० करोड हाराहारी पुगेको छ भने ३५० जनाले काम पाएका छन्।

नेपालको करीब रु.१२ अर्बको औषधि थोक बजारमा देउराली जनताले ५ प्रतिशत हिस्सा ओगटेको छ। २० प्रतिशत माग धान्ने क्षमता भए पनि आयातमुखी नीति बाधक रहेको बताउने शर्मा भन्छन्, “नेपालमा लोकतन्त्र नआएको भए आज यति पनि हुने थिएन। अब राजनीति गर्नेले हरेक मुद्दाको छिनोफानो सडकबाट गर्न नखोजे कमसेकम काम गर्नेको बाटो छेकिने थिएन।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>