अर्थ/बजारशुक्रबार, आषाढ ७, २०७०

राष्ट्र बैंक र चिनीयाँ बैंकबीच लगानी सम्झौता

हिमालखबर

राष्ट्र बैंकमा ७ असारमा सम्पन्न सम्झौताबाट राष्ट्र बैंकलाई चीनको सरकारी ऋणपत्र बजारमा लगानी गर्न मार्गप्रशस्त भएको हो । राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको उपस्थितिमा उक्त सम्झौता पिपल्स बैंक अफ चाइनाका तर्फबाट डेपुटी गभर्नर हु जियाओ लियान तथा राष्ट्र बैंकका बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन ।

राष्ट्र बैंकले आफ्नो विदेशी विनिमय सञ्चितिको लगानीलाई क्रमशः विविधीकरण गर्दै लैजाने रणनीतिअनुरूप उक्त सम्झौता गरिएको र त्यसबाट नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक चीनसँगको व्यापार भुक्तानी प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने गभर्नर खतिवडाले बताए ।

सम्झौताबाट दुई मुलुकबीचको वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यसअघि गभर्नर खतिवडा र डेपुटी गभर्नर हुबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन बैंकिङ सेवा विस्तार, त्यसनिम्ति केन्द्रीय बैंकले सहजीकरण गर्न सक्ने, औपचारिक व्यापारका लागि बैंकिङ क्षेत्रबाट भुक्तानी व्यवस्थापन गर्ने सम्बन्धमा विचारविमर्श भएको थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>