रमझमआइतबार, आषाढ ९, २०७०
पैसा तिरेर मगर कविता
मगर कविद्वय टोप अस्लामी र गणेश पहाराई जिगमका कविता सुन्न रु. १०० को टिकट काटेर पोखरामा ८ असारमा मगर भाषाप्रेमीको जमघट लागेको थियो । कविद्वयले ८/८ कविता वाचन गरेका थिए ।
नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र, पश्चिमाञ्चल र नेपाल मगर संघ, कास्कीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापा, मगर लेखक संघका उपाध्यक्ष, विष्णु सिंजाली, संघका कास्की अध्यक्ष पूर्णबहादुर राना, मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापालगायतले मातृभाषा साहित्य जर्गेणाको विषयमा मन्तब्य राखेका थिए ।
केन्द्रका पश्चिमाञ्चल अध्यक्ष मेजन पुन मगरले कविद्वयलाई प्रोत्साहन स्वरुप रु. ६/६ हजार प्रदान गरिएको जानकारी दिए । टिकट काटेर कविता वाचन कार्यक्रम राख्दा सर्जक र साहित्य दुबैको प्रर्बद्धनमा टेवा पुग्ने उनको भनाई थियो ।