Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पश्चिमाञ्चललाई छ स्वर्ण - Himalkhabar.com

खेलकुदआइतबार, आषाढ ९, २०७०

पश्चिमाञ्चललाई छ स्वर्ण

हिमालखबर

पश्चिमाञ्चलले ८ असारमा ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको हो । दोश्रो भएका मध्यमाञ्चलले ४ स्वर्ण, ३ रजत र ५ कास्य हात पा¥यो । २ स्वर्ण, ३ रजत र २ कास्यसाथ राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घ तेश्रा भए ।

राष्ट्रिय तेक्वान्दो युनियन–नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको ५५–५८ केजीमा ज्ञान ज्योति एकेडेमी, पश्चिमाञ्चलका अजयकुमार रिजाल, ४० केजीमा श्री जनज्योति उमावि, राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घका रमेश विश्वकर्माले स्वर्ण पदक हात पारे ।

त्यसैगरी, ५५ केजीमा ज्ञान ज्योतिका रबिन अधिकारी, ५१ केजीमा लखन थापा मावि, पश्चिमाञ्चलका सुमनसारु मगर तथा ३५ केजीमा पूर्वाञ्चलका प्रकाश भट्टराईले स्वर्ण चुमे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमिकभर्ड हलमा भएको महिला ४४ केजीमा श्रीप्रगति मावि, मध्यमाञ्चलकी श्रिसना थापा, ५२ केजीमा रामनगर एकेडेमी, पश्चिमाञ्चलकी पार्वती पाण्डे, ४९ केजीमा परोहा उमावि, पश्चिमाञ्चलकी विस्ना खत्रीले स्वर्ण पदक हात पारे ।

त्यसैगरी, ३८ केजीमा प्रगति उच्चमावि, महासङ्घकी मनिता लम्साल, ४२ केजीमा गौरीशङ्कर स्कुल, मध्यमाञ्चलकी सङ्गीता पुलामी तथा ४६ केजीमा ज्ञान ज्योति, पश्चिमाञ्चलकी तारा पराजुलीले स्वर्ण पदक जिते ।

विजेता खेलाडीलाई प्याब्सनका महासचिव डिके ढुङ्गाना, तेक्वान्दो युनियनका केन्द्रीय अध्यक्ष शिव कोइराला, युनियनका केन्द्रीय महासचिव तथा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष राजकुमार कार्की, प्रमुख प्रशिक्षक एकनाथ थापालगायतले पुरस्कार वितरण गरे ।

दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र राष्ट्रिय विद्यालय तेक्वान्दो महासङ्घका एक गरी ६ टिमका ७८ खेलाडीले १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>