Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रमेश रामको बिहे - Himalkhabar.com

ब्लगआइतबार, आषाढ ९, २०७०

रमेश रामको बिहे

Ekal Silwal

मण्डपमा बेहुला-बेहुलीलाई मान्यजनबाट दक्षिणा दिइँदै ।

२०६९ असोजमा तराईकेन्द्रित खोजी रिपोर्टिङमा जाँदा पिडारी–१, सर्लाहीको एउटा बस्तीमा पुगेको थिएँ, जसलाई चमार टोल भनिंदो रहेछ ।

हिंड्दाहिंड्दै झमक्क साँझ परेपछि टोलका कुलदीप रामको घरमा बास बसेको थिएँ । केही क्षणको सोधीखोजी र गाँसबासको क्रममा कुलदीप मेरा काका बन्नुभयो ।

रिपोर्टिङ सकेर काठमाडौं फर्केपछि पनि फोनबाट कुशलक्षेम अवगत गर्ने÷गराउने क्रम चलिरह्यो । गत चैतको अन्तिम साता त काकाले छोरा रमेशको बिहेको निम्तो नै दिनुभयो ।

मलंगवा क्याम्पसमा स्नातक गरिरहेका रमेशसँग मेरो भेट नभए पनि फोनमा मनग्ये कुरा भइसकेको थियो । टोलकै सबभन्दा पढैया भाइको बिहेका लागि म चितवनबाट रात्रिबस चढेर ८ वैशाखमा उज्यालो नहुँदै पिडारी पुगें ।

मलाई देखेर गाउँका अरू पनि खुशी भए । पहिलाको एक दिने बसाइँमा मैले टोलका सबैलाई राखेर दुई घण्टा अन्तरक्रिया गरेको थिएँ ।

कतिपयसँग बेलाबेला कुलदीपसँग जस्तै फोन सम्पर्क रहेकाले टोलका २२ घरमध्ये अधिकांश परिवारले मलाई चिन्थे ।

बिहे शुरू भयो । सांस्कृतिक कर्म, बेहुलाको सजावट, बिहेमा महिलाहरूले गाउने परम्परागत गीत, भोजभतेरको शैली सबै मेरा लागि नयाँ थिए ।

त्यो दिन ठूलो पानी परेर जताततै हिलाम्मे थियो । जन्तीका लागि आलु–परबरको तरकारी, भात, अचार, तिलौरी, पापड र दही–चिनी तयार भयो ।

परिकार पकाउन र खान सिंगो रामटोलमा खुला जमिन थिएन । कुनै पनि घरमा आँगन छैन । गाईगोरू र बाख्रा समेत साँघुरो घरभित्रै बाँधेर जीविका चलाइरहेका छन्, टोलवासी ।

एउटा साझा शौचालय र पाहुनाघर बनाउने टोलवासीको सपनालाई गाविस र जिविसले हरेक वर्ष सपनामै सीमित पार्दै आएको छ ।

रामटोलबाट अलिकति पश्चिममा रहेको रामचन्द्र साहको फराकिलो आँगनमा पाल टाँगेर पकवान तयार पारेका कुलदीप काका–काकीले आडैको सडकमा आयोजित बिहेभोजमा पाहुनाहरूलाई सत्कार गर्नुभयो ।

भोजपछि बेलुका ६ बजेतिर हामी जन्त हिंड्यौं । रौतहटको सखुअवा गाउँ पुग्दा रातको ८ नाघिसकेको थियो । त्यहाँ अभावको रापमा सेकिएको अर्को रामटोल रहेछ ।

हाम्रो गन्तव्यगृह फुसका स–साना छाप्राहरूका बीचमा थियो । टोल बाहिरको अलिकति खुला ठाउँमा सजिसजाउ मण्डपमा स्वयंवर भयो ।

पुस्तौंपुस्तादेखि समाजमा अपहेलित समुदायको बिहेमा एक जना ‘पहाडी अभिजात’ को उपस्थितिलाई अनौठो मानेका थुप्रै घरगाउँलेहरूले मलाई ‘तपाईं पनि बराँती हो रु’ भन्दै सोधे ।

सिमसिमे पानीका बीच १० बजे खानापछि धेरैजसो जन्ती सुत्न गए । म चाहिं रमेशको छेउमा बसेर बिहेका विधिहरू नियालिरहें । बेहुलीका बहिनीहरूले बेहुलालाई जाँच्न अनेक प्रश्न सोध्ने र जिस्क्याउने रमाइलो चलन रहेछ ।

उनीहरूले थापेको धरापबाट चाहिं सावधानीपूर्वक जाँचेर आसनमा बसेकाले बेहुला जोगिएको थियो । पर्दामा छलिएका बेहुली पक्षका चेलीबेटीहरूले जन्तीहरूलाई गीतबाट सक्दो व्यङ्ग्य र सत्तोसराप गर्दारहेछन् ।

तीन बजेपछि म, कुलदीप काका र ज्वाईं ९रमेशको भिनाजु० पनि जन्तीका लागि व्यवस्था गरिएको पाँच मिनेटजति परको शयनगृहतिर लाग्यौं ।

निर्माणाधीन पक्की घरको कोठाहरूमा जन्तीहरू मस्त निदाएका थिए । काकाले मलाई परालको बाक्लो ओछ्यान बनाएर तन्ना ओछ्याइदिनुभयो । म पल्टिएपछि बोराबाट सिरक पनि निकालेर ओढाइदिनुभयो ।

मेरा लागि उहाँले घरबाटै सिरक बोकेर ल्याउनुभएको रहेछ । झरी परेकाले जाडो थियो, निदाएको पत्तै पाइनँ ।

बिहान ६ बजे उठेर बिहेघरतिर लागियो । लामो वार्तालाप, सर–सौगात आदानप्रदान र सम्झौतामा सकिएको सम्धीभेटले सिंगै बिहान सकिदियो ।

१० बजेतिर बेहुली अन्माउने तयारी हुँदै गर्दा राति चिनजान भएर रत्तिएका गर्भु रामले मेरो हात समातेर जन्तीको भीडबाट बाहिर निकाले ।

भोज खाँदै जन्तिहरु ।

साँघुरो गल्लीबाट सय कदम जति दक्षिणमा अर्को फुसको घर नाघेर फेरि अर्को उस्तै गल्लीबाट छिचोलेपछि उनको घर पुगियो ।

अनि ‘लौ सर, हात धुनुस्’ भन्दै मलाई अम्खोरा थमाएर आफू सुकुल ओछ्याउन थाले । त्यसपछि श्रीमतीलाई आफ्नै भाषामा केही भनेर मतिर फर्किए, “हामीले सबै बराँतीलाई नास्ता गराउनुपर्थ्यो, तर सम्भव भएन । तपाईंलाई चाहिं भोकै पठाउन नमिलेर यता ल्याएको ।”

एकैछिन हराएकी उनकी श्रीमतीले मेरो अगाडि थालभरि खाना राखिदिइन् । मैले खाना बाँडेर खाऊँ भन्दा उनीहरूले खाइसकेको बताउँदै विभिन्न प्रकारका तरकारी राखिदिए ।

खाना खाइसकेपछि गर्भुले ‘सब्जीमध्ये कुन चाहिं सरलाई उम्दा लाग्यो रु’ भनेर सोधे । त्यसपछि खुल्यो उनीहरूले गाउँका तीन अलग–अलग भान्साबाट जुटाएको खानाले पाहुनालाई तृप्त पारेको रहस्य ।

आज उनीहरूको चुल्हो नै नबलेको बुझेपछि मेरा आँखाहरू ओभाना रहन सकेनन् ।

हतार–हतार बिहेघरमा फर्कंदा बेहुली अन्माइसकिएको रहेछ । गर्भुले मलाई सडकसम्म पुर्याए । बस र जीपमा भरिभराउ जन्ती मेरै प्रतीक्षामा थिए ।

उनीहरू सबैले खाएका थिएनन्, तर कुलदीप काका म भोकै भएँ भनेर चिन्तित रहेको थाहा पाउँदा मलाई अपराधबोध भयो ।

मैले बडो अप्ठ्यारो मान्दै सर्लाही नगई त्यतैबाट चितवन फर्कने बताउँदा काका खुशी हुने कुरै भएन । र पनि, चाँडै भेट्ने बाचा गर्दै विदा मागें ।

काकाले जीपमा राखेको सुटकेश खोलेर एउटा पोको मेरो हातमा राखिदिनुभयो । त्यसमा भाइको बिहेमा दाजुका लागि किनिएको सर्ट–प्याण्टको पिस रहेछ । मायाको त्यो पोको सम्हाल्दा म बोल्न सक्ने अवस्थामा रहिनँ । मेरो गला अवरुद्ध भइसकेको थियो ।

९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>