अर्थ/बजारआइतबार, आषाढ ९, २०७०

सुन–चाँदी पसल खुल्यो

रासस

गएको २९ जेठदेखि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायी र सरकारी प्रतिनिधिबीच वार्तामा सहमति कायम भएपछि ९ असारदेखि पसल सञ्चालनमा आएको हो । व्यवसायीले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन मापदण्ड तयार गर्नुपर्ने, त्यसमा सरकारी प्रतिनिधि र व्यवसायीका प्रतिनिधि संलग्न हुनुपर्ने, सुनको मागअनुसारको आपूर्ति बढाउनुपर्नेलगायतका माग गर्दै आएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आन्दोलनको नेतृत्व गरेको थियो । ती दुवै महासङ्घअन्तर्गत करिब १२ हजार व्यवसायी आबद्ध छन् । संयुक्त कार्यदल बनाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिई पसल सुचारु गरिएको सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

यसैबीच बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ५० हजार ५०० र असली चाँदी प्रतितोला रु ८२५ कायम भई कारोबार भएको छ । व्यवसायीले आन्दोलन गर्नुअगावै गत जेठ २८ गते सुन प्रतितोला रु ५३ हजार र चाँदी प्रतितोला रु ८७५ रहेको थियो । महासङ्घका अध्यक्ष शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएको र करिब १२ दिनदेखि सुन मौज्दात रहेका कारण मूल्यमा कमी आएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...