रमझमआइतबार, आषाढ ९, २०७०

‘म फेसबुक दुरुपयोग गर्दिन’

रासस

इन्टरनेट तस्वीर

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) र मिडिया फर वेलफेयरले संयुक्त रुपमा अभियान सञ्चालन गर्न लागेको हो । सूचना प्रविधिमा भएको विकाससँगै समाजमा सामाजिक सञ्जालको विषयमा जनचेतना फैलाउन अभियान सुरु गर्न लागिएको ९ असारमा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।

१०–१६ असारसम्म सञ्चालन गरिने अभियानको नारा “म दुरुपयोग गर्दिन” भन्ने रहेको छ । अभियानमा १० र ११ असारमा सार्वजनिक सवारीका साधनमा स्टिकर टाँसिने, पर्चा वितरण तथा पोस्टर वितरण गरिनेछ ।

१२ र १३ असारमा हस्ताक्षर सङ्कलन, १४ असारमा काठमाडौँ उपत्यकाका करिब सय विद्यालयका विद्यार्थीबाट बाल चित्रकला एवम् कलात्मक ब्यानर प्रतियोगिता सञ्चालन गरिने छ । अभियानको अन्तिम दिन सरोकारवाला निकायसँग अन्तक्र्रिया तथा
सम्मान कार्यक्रम तथा भाव भङ्गिमा कला (पर्फमेन्स आर्ट) हुनेछ ।

नाफाका रवीनकुमार कोइरालाले पछिल्लो समयमा समाजमा बढ्दैगएको सामाजिक सञ्जालमार्फतका अपराधलाई न्यूनीकरण गर्न अभियानलाई चलाइएको बताउँछन् । यस्तै वेयलफेयरका अध्यक्ष सुराच प्रसाईंले प्रयोगकर्ता सचेत नहुँदासम्म सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण हुन सक्दैन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>