Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
के चाहन्छ मधेश - Himalkhabar.com

ब्लगशुक्रबार, जेठ २६, २०६९

के चाहन्छ मधेश

रुबिना महतो

सिराहाको एक गाउँ । तस्बीर:डम्बरकृष्ण श्रेष्ठ

केही समयअघि धनुषाबाट बिबिसी नेपाली सेवाले मधेश आन्दोलनपछि तराईबाट विस्थापित पहाडी मूलका परिवारहरू फर्किन थालेको रिपोर्ट प्रसारण गरयो । उनीहरूमध्ये धेरै आफ्नो घरबार, छरछिमेक र जीविका छोडेर पहाडी बाहुल्यको हेटौंडा र केही काठमाडौंको शरण लिन पुगेका तर त्यहाँ स्थापित हुन नसकेर आफ्नै घर सम्झिरहेका थिए ।

यो रिपोर्ट सुनेपछि मैले चार वर्षअघि बारामा भेटिएका केही तामाङ र क्षेत्री परिवारलाई सम्झे । आपसमा भोजपुरीमा बोल्ने उनीहरूको नेपालीमा स्पष्ट मधेशी लवज आउँथ्यो । पुस्तौंदेखि तराईमा बसेका र तराईवासीसँगै हुर्केबढेका उनीहरूलाई पहाडमा आफ्ना पितापुर्खाको थातथलोबारे थोरै थाहा थियो र फर्केर जाने घर थिएन । त्यसैले सशस्त्र मधेशी समूहहरूको दैनिक धम्की र लाञ्छना सहेर भए पनि बारामै बसिरहेका थिए । तिनको कथाले मलाई यति छोयो; के भयो होला, छाडेर हिँडे कि बसिरहेका होलान् भन्ने सोचिरहन्थें । हालै आफ्नै पुख्र्यौली गाउँ धनुषाको प्रसाहा पुग्दा नेपालीहरू विभाजित भएर होइन मिलेर बसेको पाएँ ।

प्रसाहाका पहाडी र मधेशीहरू सय वर्षअघिदेखि नङ र मासु जस्तै मिलेर बसेका छन् । पहाडबाट झ्रेका गिरी र भारतीले स्थानीय गाउँलेहरूसँगै आफ्नो बस्ती बसाए । आखिर दुवै समुदाय यति घुलमिल भए, कसैले नसोधेसम्म उनीहरूलाई को मधेशी र को पहाडी भन्ने समेत थाहा हुँदैन । तर मधेशको प्रतिनिधित्व गरेको दाबी गर्ने नेताहरूलाई एकअर्का विरुद्ध घृणा ओकल्दा र अलग हुने एवं नाकाबन्दी गर्ने धम्की दिँदा यी कुराले कुनै अर्थ राख्दैनन् । नेताहरू मधेश विरुद्ध विगतमा भएका गल्ती सच्याउने एक मात्र उपाय तराईबाट सबै पहाडीलाई धपाउनु हो भन्ठान्छन् । घृणा र बदलाको यस्तै अभद्र राजनीति काठमाडौंका हेडलाइन बन्ने गर्दछन् ।

तराईका गाउँघर–शहरबजारका किसान र व्यापारीहरूलाई तपाईं के चाहनुहुन्छ भनेर सोध्ने हो भने राजनीति र ‘पहिचान’ भन्ने जवाफ लगभग आउँदैन । उनीहरूलाई सडक, पुल र सिंचाइको अभाव, असुरक्षा, बाढी, घट्दो उब्जनी र आफ्नो उत्पादनको गिर्दो मूल्यले पिरोलेको छ । उनीहरू आफ्ना छोरा खाडीको मरुभूमिमा घोटिइरहेका र अर्को छोरालाई पनि त्यतै पठाउन दलाललाई तिर्ने पैसाका लागि खेत बेच्नुपर्ने भएको कुराबाट चिन्तित छन् ।

राजनीति उनीहरूलाई हप्तौं रोजीरोटी बन्द गराउने हड्ताल लिएर आउँछ । सङ्घीयता के हो र यसले के गर्छ भन्नेबारे पनि उनीहरू अन्यौलमा छन् । काठमाडौंका राष्ट्रिय मिडियाका विचारपृष्ठमा छाउने पण्डितहरूले सङ्घीयता अस्वीकृत भयो भने मधेशमा आक्रोशको आगो दन्कन्छ, हिंसा भड्किन्छ भन्ने डरलाग्दा चेतावनी दिने गरेका छन् । तर यहाँ त्यस्तो कुराको सङ्केतसम्म पाइँदैन ।

मधेशका नेताहरूले आफूहरूका लागि केही गर्छन् भन्ने कुराको मधेशी जनताले आश मारिसके । त्यस्तो भ्रम उनीहरूबाट हटिसकेको छ । मधेशी नेताहरू अहिले शक्तिशाली मन्त्रालयका साथ सरकारमा छन् । उपप्रधान तथा गृहमन्त्री मधेशी छन् । तर उनीहरूले पटक–पटक फुट्ने, सत्तामा पुग्न मोलतोल र क्षणिक गठबन्धन गर्ने तथा आफ्नो राजनीतिक सान्दर्भिकता बचाइराख्न बेलाबखत खोक्रो धम्की दिने बाहेक केही गरेका छैनन् ! मधेश जस्तो थियो त्यस्तै छ । मधेशीहरू अर्को आन्दोलन होइन, विकास र रोजगारी चाहन्छन् । मधेशी नेताहरू असमानता, अन्याय र उपेक्षा जस्ता तराईका समस्याको समाधान संघीय राज्यले गर्छ भन्छन् । तर यहाँ थोरै मात्र यसप्रति आशावान छन् ।

मधेशी जनता सच्चा नेताको खोजीमा छन्, जसलाई नेपाली काङ्ग्रेसबाट भागेर मधेश आन्दोलनको बुई चढ्न आइपुगेका नेताहरूले पूरा गर्न सकेका छैनन् । मधेशीहरू आफूलाई नेपालीको रूपमा सम्मान र व्यवहार भएको हेर्न चाहन्छन् । उनीहरू राजनीतिको अपराधीकरण अन्त्य भएको देख्न चाहन्छन् । गाउँका एक अग्रजले मलाई बताएअनुसार, जो अन्यथा सोच्दछ त्यो यहाँ लामो समयदेखि बसेको मान्छे होइन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>