Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एउटा पर्चाको तहल्का - Himalkhabar.com

ब्लगबुधबार, आषाढ १२, २०७०

एउटा पर्चाको तहल्का

दीपक अर्याल

सदर जङ्गी जेलबाट भाग्ने राजकाज मुद्दाको का.इ. यटखा टोल बस्ने गणेशमान श्रेष्ठ। वर्ष २५ को, सामलो वर्ण भएको, मझौला, बायाँ गालामा कोठीको चिन्ह भएको निजलाई पक्रनेले बकस पाउनेछ। पक्राउ गर्दा बलजफ्त गरी पक्रिन नसक्ने भएमा घुँडा मुनि हातहतियार चलाउन परे चलाई पक्रे बात लाग्ने छैन।’

मंगलबार, १४ असार २००१ मा गणेशमान सिंहका विषयमा छापिएको यो सूचना गोर्खापत्र सँगै घरघरमा पुगेको थियो। जुन पर्चा बजारका भित्तामा पनि टाँसिएका थिए। पर्चामा जेलबाट भागेका गणेशमानलाई पक्रेर सरकारलाई बुझाउनेलाई बकस दिइने र पक्राउ गर्ने क्रममा घुँडामुनि हातहतियार पनि चलाउन पाउने सूचना छ।

१९७२ सालमा काठमाडौंको यट्खा टोलमा जन्मेका गणेशमान सदर जङ्गी जेलबाट ७ असार २००१ मा भागेका थिए र त्यसको ७ दिनपछि सरकारका तर्फबाट यो पर्चा वितरण भएको थियो। सदर पुलिस गोश्वाराको नाममा जारी भएको यो पर्चामा गणेशमानको फोटो र सूचनाबाहेक केही लेखिएको छैन।

अझ्, गोर्खापत्र मा त गणेशमान जेलबाट भागेको वा त्यसपछि मुलुकमा सिर्जना भएको राजनीतिक हलचलबारे पनि केही उल्लेख छैन। त्यो बेलाको त्यत्रो समाचारलाई गोर्खापत्र ले स्थान नदिनु अहिले सोच्दा आश्चर्यजनक लाग्छ।

तर, नेपाल प्रजापरिषद्का प्रेसिडेन्टका तर्फबाट ९ असार १९९७ सालमा वितरीत पर्चाबारे भने ११ साउनको गोर्खापत्र ले पहिलो पेजमै समाचार दिएको थियो। त्यो समाचारमा ‘प्रजापरिषद्को नामबाट लिथोमा छापिएका पर्चा ठाउँ–ठाउँमा टाँस्ने मानिसलाई पक्राउ गराइदिने र सबुद प्रमाण दिनेलाई मोरु. ५००० (पाँच हजार) इनाम दिने’ घोषणा छ।

सरकार वा सरकार विरोधी समूहबाट वितरीत भएका पर्चा–पम्पलेटको नेपाली राजनीतिमा विशेष महत्व छ। सामान्यतः सरकार विरोधी समूहले आफ्ना सन्देश र सूचना छिट्टै जनतामा पुर्‍याउन पर्चा–पम्पलेटको प्रयोग गरेको भेटिन्छ। विशेष प्रयोजन वा समयमा खास सूचना र जानकारी दिन वा विज्ञापन गर्न एकपटक प्रयोग गरेपछि उपयोग नहुने तथा छिट्टै नष्ट गर्न सकिने भएकाले पर्चा, पम्पलेट, ह्याण्ड बिल, पोष्टर वितरण गर्ने गरिन्छ। यो चलन ऊबेलादेखि अहिलेसम्म पनि त्यस्तै छ।

२००७ साल अघिसम्म पर्चा, पम्पलेट, हातेपत्र, ह्याण्डबिल वा पुस्तक जस्ता कुनै पनि सामग्रीहरू प्रकाशित गर्न सरकारी अनुमति आवश्यक पर्दथ्यो। त्यो बेला सरकारले छापेका वा जारी गरेका पर्चा बाहेकका सबै प्रकाशन गैरकानूनी ठहरिन्थे। सरकारबाट अनुमति लिएर १९७० सालतिरै विभिन्न पर्चाहरू छापिएको देखिन्छ।

कमल दीक्षितका अनुसार ‘कोडपत्र’ भनेर सानातिना विज्ञापन, प्रभु–स्तुतिका लागि एकपन्ने सूचना–पर्चाहरू गोर्खापत्र भित्र खामेर पठाउने त्यसबेलाको चलन थियो। जसको व्यवस्थापन गोर्खापत्र का सम्पादक/म्यानेजरले गर्थे। फारसी भाषामा ‘पर्चा’ भन्नाले टुक्रा कागज, सरकारी कागजपत्र वा गुप्तचरले पेश गरेका सूचनाहरू भन्ने अर्थ लाग्छ। त्यहाँबाट नेपाली भाषामा आइपुग्दा पनि पर्चाको अर्थ करीब उस्तै छ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>