समाचारशुक्रबार, जेठ २६, २०६९
माधव नेपालद्वारा निकासका ६ विकल्प प्रस्तुत
२२ दलद्वारा काठमाडौंको खुलामञ्चमा आयोजित सभामा नेपालले जनमत संग्रह, गोलमेच सम्मेलन, संविधानसभा निर्वाचन, संसदीय निर्वाचन, आयोग बनाएर संविधान निर्माण र संविधानसभा पुनर्स्थापनामध्ये एक विकल्प रोज्न सकिने बताए ।
तर, यीमध्यै जुन बिकल्प रोजेपनि त्यसअघि प्रधानमन्त्री बाबुराम भट्टर्राई पदबाट हट्नु पर्ने नेता नेपालको भनाई छ । राष्ट्रिय सहमतिको सरकारको नेतृत्व भट्टर्राईले गर्न नसक्ने उनले उल्लेख गरे ।
सभामा नेता नेपालले एक सिट पनि नभएको तत्कालिन माओवादीलाई एमालेको बराबर सिट दिएर अन्तरिम संसदमा ल्याउनु गल्ति भएको पनि बताए । माओवादी नेताहरु एमाले र नेपाली कांग्रेसलाई संघीयता र जनजाति विरोधी देखाएर आफ्नो पार्टी ठूलो
बनाउने खेलमा लागेको उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>