अर्थ/बजारबिहीबार, आषाढ १३, २०७०

तस्करले गर्दा वीरगञ्जमा भारतीय रुपैयाँ सहज

हिमालखबर

नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ भारुको बिक्री मूल्य १ सय ६० रुपैयाँ १५ पैसा तय गरे पनि भारुको अभावले गर्दा स्थानीय बजारमा १ सय ६८ मा बिक्री हुँदै आएको थियो ।

सुनचाँदी ब्यवसायीहरुले गत दश दिनसम्म देशभर कारोबार ठप्प गर्दा नेपालमा खपत हुने सुन सबै भारततर्फ तस्करी भएपछि वीरगञ्ज बजारमा अहिले भारुको बजार मूल्य ओरालो लागेको हो । अहिले वीरगञ्जमा १०० भारुको विक्री मूल्य १ सय ६३ नेपाली रुपैयाँ कायम भएको सटही काउण्टर सञ्चालकहरु बताउँछन् ।

गत १ जेठदेखि देशभरका सटही काउण्टरहरुलाई राष्ट्र बैंकले भारतीय रुपैयाँ उपलब्ध गराउन छाडेको छ । जसले गर्दा भारतीय रुपैयाँको कालाबजारी शुरु भएको छ । तर अहिले सुन तस्करी एक्कासी बढेको र डलरको मूल्य वृद्धि समेतलेगर्दा पनि भारुको उपलब्धता बजारमा सहज भएको सटही काउण्टरहरुको भनाई छ ।

नेपाल राष्ट्र बैंक वीरगञ्जले दैनक ८ लाख भारु सर्वसाधारणलाई बिक्री गर्दछ । दैनिक करिब तीनसय व्यक्तिलाई नागरिकताका आधारमा २ हजार भारु बैंकले दिने गरेको छ ।

जसमध्ये वीरगञ्जमा रहेका २५ भन्दा बढी सटही काउण्टरलाई हप्ताको ३५ हजार रुपैयाँसम्म बैंकले दिने गरेको थियो तर सटही काउण्टरहरुले मनपरी मूल्यमा भारु विक्री गर्न थालेकोले उनीहरुलाई भारु दिन बन्द गरिएको बैंक स्रोतले जनाएको छ ।
बैंकले पैसा उपलब्ध गराउन छाडेपछि गत महिना चर्किएको भारु अभाव अहिले कम भएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>