Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युरो २०१२: समुह 'ए' मा रुस बलियो, पोल्याण्डलाई घरेलु समर्थन - Himalkhabar.com

खेलकुदशुक्रबार, जेठ २६, २०६९

युरो २०१२: समुह ‘ए’ मा रुस बलियो, पोल्याण्डलाई घरेलु समर्थन

Sandesh Panta

युरो कप २०१२ को अन्य तीन समुह भन्दा समुह ‘ए’ लाई केहि सजिलो नै मान्नु पर्दछ । ड्र प्रकाशित भए पछी ४ वटै टोली पक्कै दुखी थिएनन । यस समुहमा रुस बाहेक सबै टोली उत्तिकै दर्जाका छन र दोश्रो चरणमा पुग्ने सम्भावना सबैको समान नै मान्नु पर्छ । सह आयोजक पोल्यान्ड लाई घरेलु फाइदा पक्कै हुनेछ । तर रुस केहि बलियो भएकोले र चेक केहि कमजोर देखिएकोले ग्रीस र पोल्याड बिच कडा अन्तिम ८ को लागी कडा टक्कर हुने देखिन्छ । आज २जेठ राती (२६ जेठ नेपाली समय राती ९:४५ बजे ) हुने पोल्याड र ग्रीसको खेल त्यसैले पनि महत्वपुर्ण हुनेछ।

रुस – चेक रिपब्लिक् (नेपाली समय राती १२:३० )
रुस : फिफा वरियता : ११, प्रशिक्षक : डिक एड्भोक्याट (२०१० देखी )

२००८ को युरोमा क्वार्टर फाइनलमा पुगेको रुस पुर्वी युरोपको महाशक्ती मानिन्छ । २००८ पछी उकालो लाग्न थालेको रुसी फूटबल २०१० को विश्वकपमा भने पुग्न सकेको थिएन । आर्शाभिन्, जिर्यानोव्, झीर्कोव, रोमन शिरोकोभ जस्ता खेलाडीहरु सम्मिल्लित रुसलाई यो समुहको सबै भन्दा बलियो टोली मानिएको छ । ४-३-३ को रणनीतीले खेल्ने रुसलाई धेरै बिश्लेषकहरुले यो प्रतियोगिताको डार्क हर्सको रुपमा लिएका छन ।

हेर्न लायक खेलाडीहरु
आन्द्रे आर्सभिन : कप्तान अर्सभिन जनवरीमा आर्सनलबाट जेनिट आएपछी निरन्तर राम्रो खेलिरहेका छन । उनीमाथि पुरै रुस आशावादी छ । लेफ्ट विङमा खेल्ने आर्शभिन गोल गर्न माहिर मनिन्छन् ।
एलन जागोएव्: सि.एस.के.ए मस्कोबाट खेल्ने जागोएव्लाई थुप्रै ठुला क्लबहरुले किन्न खोजिरहेका छन । राइट विङबाट खेल्ने प्रतिभाशाली २१ वर्षे यिनी निकै फुर्तिला र चतुर खेलाडी हुन । उनको पासमाथि रुसको आक्रमण धेरै हदसम्म निर्भर हुनेछ ।

चेक रिपब्लिक्- फिफा वरियता : २६, प्रशिक्षक : माइकल बिलेक (२००९ देखी )
यस समुहको तुलनात्मक रुपले सबैभन्दा कमजोर मानिएको चेकलाई समुह चरण पार गर्न कठिनाइ हुने निश्चित छ । ‘९६ को युरो म फाइनलमा पुगेको यस टोलीलाई पावेल नेदभेद्, करेल पोबोर्स्की जस्ता खेलाडीहरु अवकाश लिए पछी ठुलो प्रतिभाको सधै खाचो पर्दै आएको छ । तर पनि ४१ अन्तररास्ट्रीय गोल गरेका मिलान बारोस्, पिटर चेक्, रोसिस्की र यारोस्लाव प्लासिल को अनुभवले यो समुह पार गर्छन भन्ने विश्वास समर्थकहरुले लिएका छन ।

हेर्न लायक खेलाडीहरु :
टोमस रोसिस्की: आर्सनलका प्ले मेकर रोसिस्कीले अघिल्लो सिजनको अन्त्य निकै उत्कृस्ट ढङ्गबाट गरेका थिए । कप्तान रोसिस्कीसँग ८५ खेलको अनुभब छ र उनले २० गोल पनि गरेका छन । उनको भिजन र अनुभवले चेकको यात्रामा प्रमुख भूमिका खेल्ने छ ।
पिटर चेक : ६ फिट ५ इन्च अग्ला यि चेल्सीका गोलकीपरले ८९ अन्तररास्ट्रीय खेल खेलेका छ्न र उनि माथी प्रतिद्वन्दीको आक्रमणलाई विफल पार्ने जिम्मा छ ।

पोल्यान्ड – ग्रीस (२६ जेठ नेपाली समय राती ९:४५ बजे)
पोल्यान्ड: फिफा वरियता : ६५, प्रशिक्षक : फ्रान्सेक स्मुदा ( २००९ देखि)

प्रतियोगिताको पहिलो खेल, सारा विश्वको आँखा यि दुइ माथि र घरेलु समर्थन । पोल्यान्डलाई यो भन्दा राम्रो मौका सायदै फेरी अर्को पटक आउला । छनौट चरण खेल्न नपरेकोले पोल्यान्डको फूट्बलको स्तर बारे धेरैलाई ज्ञान छैन तर पोल्यान्डका कप्तान ब्लस्जिकोस्की आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा ढुक्क छन ।

हेर्न लायक खेलाडीहरु:
रोबर्ट लेवान्डोस्कि: बोरुसिया डोर्ट्मन्डबाट अघिल्लो सिजन कुल ३० गोल गरेका लेवान्डोस्कि माथी सारा पोल्यान्डको आशा केन्द्रीत छ । ६ फिट अग्ला यी बलिया, चलाख र गोलका भोका स्ट्राइकर हुन ।
लुडोविच ओब्रानीयाक्: बोर्डोबाट खेल्ने २७ वर्षिय ओब्रानीयकको जिम्मा लेवान्डोस्किलाई गोल को लागी अवसर प्रदान गर्नु हुनेछ । पोल्यान्डको आक्रमण बुन्ने भूमिका यिनैले लिएका छन तेसैले आजको खेलमा यिनको प्रदर्शन महत्वपुर्ण मानिएको छ ।
यि दुइ बाहेक गोलकीपर वोज्सेक सेज्स्नी र कप्तान ब्लस्ज्सिकोस्कीको खेल पनि हेर्न लायक हुनेछ ।

ग्रीस : फिफा वरियता : १४, प्रशिक्षक : फर्नान्डो सान्टोस (२०१० देखी )
२००८ को युरो जितेर सनसनी मच्चाएको ग्रीस यस पटक पनि कम्तीमा क्वार्टरफाइनल पुग्ने दाउमा छ ।
छनौट चरणमा १० खेलमा केवल १४ गोल गरेको ग्रीसको डिफेन्स नै उनिहरुको प्रमुख हतियार हुनेछ ।

हेर्न लायक खेलाडीहरु :
फेट्फाट्जिडिस्: ग्रीक मेस्सी को स्ंज्ञा पाएका यी २१ बर्षे खेलाडी माथी सबैको आँखा अडिएको छ । ओलम्पियाकोसबाट खेल्ने यिनले १३ खेल मा ३ गोल गरेका छन ।
कारागुनिस्: ३५ बर्षका कारागुनिस २००४ म युरो जित्दा पनि टोलीमा थिए । ११७ खेल खेलेका यिनको अनुभव महत्वपूर्ण मनिएको छ ।
यि बाहेक डिफेन्डर द्वय पापस्ताथोपोलस र किरियकोस पापाडोपोलसले बिपक्षीको आक्रमणलाई निस्तेज पार्न प्रमुख भूमिका खेल्नेछन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>