समाचारशुक्रबार, जेठ २६, २०६९

पुनर्स्थापना सर्वोच्चले अस्विकार्न सक्छ-प्रधानमन्त्री

रासस

क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले २६ जेठमा पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्वतः विघटित भएको संविधानसभालाई ब्युताउँदा सर्वोच्च अदालतले पुनः अस्वीकार गर्न सक्ने बताए ।

“२०४७ सालको संविधानले राजामा रहेको अधिकार प्रयोग गरी जनआन्दोलनपछि २०६३ सालमा प्रतिनिधिसभा ब्युताइएको थियो । अहिलेको संविधानमा त्यस्तो अधिकार कसैलाई छैन, त्यसैले संविधानसभालाई ब्युताउन सकिँदैन,” प्रधानमन्त्री डा भट्टर्राईले भने ।

प्रतिपक्षी दलहरूको विरोध तत्कालको आवेग मात्र भएको बताउँदै उनँले दलहरू लोकतन्त्र र शान्तिप्रति प्रतिबद्ध हुने हो भने निर्वाचन अवश्य सफल हुने दाबी गरे । राजनैतिक, संवैधानिक र नैतिक सङ्कटलाई र्टार्न सर्वोच्चको फैसलालाई टेकेर आफूले बाध्य भएर नयाँ निर्वाचनको मिति घोषणा गरेको भट्टर्राईको भनाइ थियो ।

माओवादी पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टर्राईले माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्ष पार्टी कार्यकताको पक्षमा दृढ भएर लागेमा आफूले प्रधानमन्त्री पद समेत त्याग्न तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>