अर्थ/बजारबुधबार, आषाढ १९, २०७०
आँपको आयात घट्यो
सप्तरी, सिराहा र नवलपुर फर्ममा उत्पादन भएको आँप वीरगञ्जमा विक्री भइरहेकोे फलफूल तथा तरकारी ब्यवसायी संघ पर्साका अध्यक्ष विदुर गुप्ताले जानकारी दिएका छन् ।
यसपाली पर्सा र आसपासका क्षेत्रहरुमा आँपको उत्पादन राम्रो भएकोले गतवर्षको तुलनामा भारतबाट हुने आयात घटेको पनि गुप्ताले बताए । उनले भने, “अहिले वीरगञ्जमा बिक्री हुने एकचौथाई आँपमात्र भारतबाट आएको हो, बाँकी सबै नेपालकै उत्पादन हो ।” त्यसमा पनि खास गरी नेपालमा कम उत्पादन हुने दशहरी र जर्दा जातका आँपमात्रै भारतबाट आयात भएको उनले जानकारी दिए ।
मालदह, बम्बई र सब्जा आँप चाँही नेपालकै उत्पादन हुन् । वीरगञ्जका विभिन्न स्थानमा सयभन्दा बढी ब्यापारीले आँप बिक्री गर्छन । आँपको मुख्यबजार भने माईस्थान र मीनाबजार हो ।
वीरगञ्जमा अहिले आँपको थोकमूल्य ३० देखि ३५ रुपैंया प्रतिकिलो छ भने खुद्रा मुल्य ५० देखि ६० रुपैयाँ प्रतिकिलो छ ।
बिम्मी शर्मा, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
