रमझमशुक्रबार, आषाढ २१, २०७०
क्रिकेटको पुर्वाधार विकास राखेपको प्राथमिकताः लामा
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।
रिपोर्टस क्लब तनहुँद्वारा २१ असारमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै लामाले यतिबेला राष्ट्रको गौरव बढाउने प्रमुख पक्ष बनेको क्रिकेटको विकासका लागि ४ करोड लागतमा ३० हजार दर्शक अट्नेगरी उपत्यकाको मुलपानीमा रंगशाला निर्माण थालिएको जानकारी दिए ।
उनले देशैभर खेलक्षेत्रको पुर्वाधार निर्माणमा आफूले प्राथमिकता दिएको बताउँदै देशका अन्य क्षेत्रहरुमा पनि रंगशाला लगायत विकास योजना थालिएको बताए ।
खेलाडिलाई निश्चित पारिश्रमिक समेत दिने परम्परा थालिएकाले पहिलेभन्दा व्यवसायिकता बढेको उनले बताए । अहिले देशैभर क्षेत्रीय र स्थानिय स्तरमा खेल कार्यक्रम सञ्चालन भएको भन्दै यसले खेल क्षेत्रमा उत्साह आएको उनको तर्क छ ।
पवन पौडेल/तनहुँ