रमझमशनिबार, आषाढ २२, २०७०
स्टार्ट अप विकेण्ड काठमाडौमा
आयोजक मध्येका एक वृजेन्द्र जोशीले बताए । जसमा प्रस्तुत भएका ४१ आइडीया मध्ये १२ आइडिाया छानीएका छन् ।
आयोजकले उत्कृष्ट योजनासहितको ‘आइडिया’ लाई पुरस्कृत गर्नुका साथै कार्यान्वयनका लागि लगानीकर्तासँग मध्यस्थता गरिदिन्छ । ‘टप १२ आइडिया’ हरुलाई अनिल चित्रकार, रन्जित आचार्य, जो हिल, लुना श्रेष्ठ ठाकुर, दीपा शाक्य, शिखा श्रेष्ठ, आनन्द तुलाधर, उमंग पाण्डे, अन्नेट टिङग्ट्रुङ विभिन्न क्षेत्रका एक दर्जन विज्ञहरूले ५४ घण्टाभित्रै आवश्यक परामर्श दिनेछन्
जनस्तरमा नयाँ व्यावसायिक सोच विकास गरेर समाजको सशक्तिकरण गर्ने उद्देश्यले ‘स्टार्ट अप विकेण्ड’ शुरू भएको हो । साताभर काममा व्यस्त हुनेहरूले बिदाको ५४ घण्टामा केही सोचुन् र समाजको आर्थिक विकासमा योगदान पु¥याउन् भन्ने यो अभियानको सोच हो ।
गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले सघाइरहेको यस्ता ‘इभेण्ट’ मा जसले पनि आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्न सक्छन् । २०० भन्दा बढी देशमा सानाठूला गरी १० हजार कम्पनी स्थापना गर्न सघाइसकेको छ भने ७५ हजार उद्यमी उत्पादन गरिसकेको छ । कफ म्यान फाउण्डेशनको सहयोगमा स्थापित मुनाफारहित हो यो अभियान ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
