Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वर्णमालाको बयान - Himalkhabar.com

ब्लगशुक्रबार, आषाढ २८, २०७०

वर्णमालाको बयान

दीपक अर्याल

बेलायतमा बालबालिकाका लागि वर्णमालाका किताब १६ औं शताब्दीदेखि मुद्रित रूपमै आउन थालेका थिए। बङ्गाली भाषामा पनि ईश्वरचन्द्र विद्यासागरले सन् १८५५ मा ‘वर्ण परिचय’ प्रकाशित गरे, जुन निकै प्रसिद्ध भयो। यसैगरी, हिन्दीमा १८९० को दशकबाट यस्ता वर्णमालाहरू आउन थाले।

शुरूदेखि नै लाखौं प्रति बिक्री–वितरण हुँदै आएका अक्षर चिन्ने–चिनाउने यस्ता किताबहरूका शब्द वा फोटोहरू सरल, स्पष्ट, बहुअर्थ नलाग्ने, स्थानीयतामा आधारित वा निरपेक्ष (तटस्थ) हुनुपर्छ भन्ने मान्यता राखिन्छ।

गत १०० वर्षदेखि प्रकाशन हुँदै आएको नेपाली वर्णमालाको भने उचित र वैज्ञानिक विकास हुन नसकेको देखिन्छ। अक्षर चिनाउँदा त्योसँगै के चिनाउन सकिन्छ वा चिनाउन खोजिन्छ र बालबालिकाले टिप्न वा सम्झन सक्छन् कि सक्दैनन्?

भन्ने दुई अलग तर महत्वपूर्ण विषयवस्तु हुन्। वर्णमालामा खास अक्षरसँगै त्यसबाट बन्ने शब्द वा अक्षरको बनोट चिनाउन, बुझाउन र सम्झाउन फोटो र ग्राफिक प्रयोग हुन्छ। बालबालिकाले ती फोटा वा ग्राफिक हेर्दै अक्षर सिक्ने वा सम्झने प्रयास गर्छन्। फोटा वा ग्राफिकहरू बालबालिकाको चासोसँग सम्बन्धित छैनन् भने त्यस्ता कुरा सम्झन हम्मे पर्छ, उनीहरूलाई।

त्यसैले वर्णमालाका सामग्रीहरू सकेसम्म स्थानीय विषयवस्तुमा आधारित, बालबालिकाको दैनिक जीवनसँग सम्बन्धित र निरपेक्ष हुनुपर्ने मान्यता राखिन्छ। यसका लागि आवश्यक शब्दहरू रोज्दा मुख्यतः दुई कुरामा ध्यान दिइन्छ– बालबालिकाले जान्न, चिन्न सक्ने वा देखेका सबैखाले धर्म, संस्कृति वा पहिचानसँग सम्बन्धित सामग्रीहरूलाई समावेश गर्ने र खास एउटा धर्म, जात, क्षेत्र वा संस्कृतिबाट प्रेरित नहुने शब्द वा अर्थका सामग्रीहरू समावेश गर्ने।

जस्तो– जनावर, फलफूल, खेल्ने कुरा आदि। यी कुरा सरल, सहज र छोटो हुनुपर्छ भन्ने मान्यता भए पनि नेपाली वर्णमालाहरूले खास क्षेत्र, धर्म वा जात र संस्कृतिका चिन्ह वा सङ्केतलाई पुस्तकको आधार बनाएका छन्। कतिले त स्थानीय परिवेश भन्दा परका बङ्गाली वा हिन्दीका वर्णमालाहरूको नक्कल गरेको भेटिन्छ। जस्तै, ‘आ’ बाट आमा भन्दा सजिलो हुने भए पनि हिन्दी भाषाको ‘आम’को नक्कल गर्दै ‘आ’ बाट ‘आँप’ चलाइएको छ।

‘क्ष’ बाट क्षत्री वा क्षत्रीय र ‘ठ’ बाट ठकुरीको परम्परा बसाउनेहरूले ‘म’ बाट मगर वा मस्जिद प्रयोग गरेका छैनन् बरु मकल, मयुर वा मन्दिर भनेर ‘म’ चिनाउन खोजेका छन्। पुराना वर्णमालाहरूको ‘ई’ बाट ईट र ‘भ’ बाट भकारी फेरेर ‘ई’ बाट ईश्वर र ‘भ’ बाट भगवती बनाइएको देखिन्छ। नेवाः वर्णमालाले चाहिं ‘म’ बाट मनु (मानिस) वा मत (बत्ती) र तमु वर्णमालाले ‘म’ बाट मए (भैंसी) भनेर बालबालिकालाई म बुझाउन खोजेको छ।

ईश्वर वा भगवती जस्ता अमूर्त र गहिरो अर्थ लाग्ने उपमाबाट भन्दा मानिस, बत्ती वा भैंसी जस्ता सरल उदाहरणबाट बालबालिकालाई आफूले पढेको विषयवस्तु बुझन सजिलो हुन्छ। बालबालिकालाई हाल प्रचलनमा नरहेको चर्खा भन्दा चराबाट ‘च’ सिक्न सजिलो हुन्छ।

कुन उमेर समूह वा क्षेत्रका लागि कस्तो वर्णमाला उपयुक्त हुन सक्छ भन्ने विषयमा शिक्षाविद् तथा बालमनोविज्ञहरूको सुझाव महत्वपूर्ण पक्ष हो। आगामी दिनमा वर्णमाला प्रकाशन वा बिक्रीवितरण गर्नेहरूले शिक्षाविद् तथा बालमनोविज्ञहरूको राय लिनु आवश्यक देखिन्छ, जसबाट बालकिताबहरू स्थानीयतामा आधारित, तटस्थ र सरल हुन सकुन्।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

२३ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>