खेलकुदआइतबार, जेठ २८, २०६९

फ्रेन्च ओपन: ऐतिहासिक फाइनलमा जोकोभिच र नडाल आमने-सामने

Sandesh Panta

नडालले यस खेल जितेमा ७ वटा फ्रेन्च ओपन उपाधी जित्ने उनि पहिलो खेलाडी हुनेछन् । स्विडेनका ब्योन बर्गले १९७४ र १९८१ को बिच मा ६ फ्रेन्च ओपन जितेका थिए ।

उता २६ वर्षिय सर्वियन जोकोभिचले २८ जेठको फाइनलमा नडाललाई पराजित गर्न सकेमा आफ्नो पहिलो फ्रेन्च ओपन मात्र हात पार्ने छैनन्, ४३ वर्ष पछी लगातार ४ ग्रान्ड स्लाम जित्ने पहिलो टेनिस खेलाडी पनि बन्नेछन् । “यो मेरो लागी एक सुनौलो मौका हो र यसले मलाई उत्साही बनाएको छ । उपाधी जित्न म एक्दमै लालयित छु र सकेको राम्रो खेल्नेछु ।” ५ ग्रान्ड स्लाम आफ्नो नाममा गरिसकेका जोकोभिचले भने ।

यि दुई खेलाडी बीच विगतमा भएको ३२ भिडन्तमा नडाल १८-१४ ले अगाडी छन तर अन्तिम १० खेल जोकोभिच को अधिनमा छ । अन्तिम १० खेलमा उनको नाममा ७ खेल छ । लगातार चौथो पटक ग्रान्ड स्लाम फाइनलमा प्रतिस्पर्धा गरिरहेक यि दुइ बीच भएको २०११ को विम्वल्डन र यु.एस. ओपन तथा २०१२ को अस्ट्रेलियन ओपनमा जोकोविचले नडाललाई हराएकाले पनि उनको मनोवल उच्च मानिएको छ ।

तर स्पेनिश नडाल फ्रेन्च ओपनमा वर्चस्व बनाएका खेलाडी भएकोले आजको खेल उत्कृस्ट हुनेमा शंका छैन । २००५, २००६, २००७, २००८, २०१० र २०११ को फ्रेन्च ओपन जितेका नडालले यस पटक एक सेट पनि गुमाएका छैनन र सेमी फाइनलमा उनले डेविड फेररलाई सोझो सेटमा पराजित गरेका थिए । जोकोविकले रोजर फेडररलाई सोझो सेटमा हराएका त गरेका थिए तर चौथो चरण र क्वार्टर फाइनलमा आफ्नो प्रतिद्वन्दीलाई जित्न पाँच सेट सम्म कडा सङघर्ष गर्नु परेको थियो।
१० वटा ग्रान्ड स्लाम जितेका नडाल जोकोविच बिरुद्धको फ्रेन्च ओपन रेकर्ड कायम राख्ने सुरमा छन् । २००८ पछी पहिलो पटक रोलँ ज्ञारोसमा भिडिरहेका यि दुइ बिच यस प्रतियोगितामा विगतमा भएका सबै ३ खेलमा नडाल विजयी भएका छन् ।

एकदमै रोचक हुने विश्वास गरिएको दुइ हस्तीहरु बीचको यस फाइनलमा विजेताले १२ लाख ५० हजार युरो पाउनेछन भने उपविजेता ले ६ लाख २५ हजार युरो मै चित्त बुझाउनु पर्नेछ । यस प्रतियोगिताको पुरुष एकल तर्फको कुल धनराशी भने ६५ लाख ५५ हजार युरो रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...