अर्थ/बजारआइतबार, आषाढ ३०, २०७०

कुल बजेट ५ खर्ब १७ अर्ब २४ करोड, चुनावलाई १६ अर्ब, तलब १८ प्रतिशत बढ्यो

हिमालखबर

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शंकप्रसाद कोइराला साथमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी । तस्वीरः विक्रम राई/हिमालखबर

अर्थमन्त्री शंकरप्रसाद कोइरालाद्वारा आर्थिक वर्ष २०७०/०७१ को अनुमानित आय व्यायमा संविधानसभाको रकम विनियोजन गरिएको हो । विनियोजित बजेट बजेटमध्ये चालु खर्चतर्फ ३ खर्ब ५३ अर्ब ४२ करोड र पूजीगत खर्चतर्फ ८५ अर्ब १० करोड रुपैया“ छुट्याइएको छ । वित्तिय व्यवस्थातर्फ ७८ अर्ब ७२ करोड रुपैया विनियोजन गरिएको छ । यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा ३९ दशमलव ४३ प्रतिशतले बढी हो ।

कुल विनियोजनमध्ये विकास कार्यक्रमका लागि रु. २ खर्ब ४१ अर्ब ५८ करोड र साधारण प्रशासनतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड खर्च हुने अनुमान गरिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ३ खर्ब ५४ अर्ब ५० करोड, सा“वा फिर्ता प्रँप्तिबाट ५ अर्ब ५० करोड र बैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड रुपैया प्राप्त हुने अनुमान गरिएको छ । सरकारले विनियोजित बजेटमध्ये नपुग बजेट वैदेसिक ऋणबाट जुटाउने जनाएको छ ।

यसैगरी राजस्व र वैदेसिक सहायता परिचालन गर्दा न्युन रहन जाने ४४ अर्ब रुपैया“ आन्तरिक ऋणबाट व्यहोर्ने लक्ष्य लिइएको छ । बजेट कार्यान्वयनबाट समष्टिगत आर्थिक परिसूचकहरुमा सुधार आउने सरकारको दावी छ । आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यसैगरी मुद्रास्फीति दर ८ प्रतिशतमा सिमित राख्ने बजेटमा उल्लेख छ । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन नदिने जनाएको  । निर्माणधिन अवस्थामा रहेका आयोजनाहरु पनि अगाडी बढाउन बजेट छुट्टाइएको छ । विद्युत प्रसारण्ँ लाइनलाई  प्राथमिकतामा राखिएको छ । बजेटमा सौर्य उर्जा र अन्य उर्जा उत्पादनमा जोड दिइएको छ ।

सरकारले १८ प्रतिशत तलव र मासिक १ हजार भत्ता बृद्धि गरेको छ । राजश्व नीति यथावत राखी सरकारले केही दरमा मात्र सामान्य संशोधन र समायोजन गरेको छ ।
काठमाडौं उपत्यकाका सडक मर्मतका लागि १ अर्ब ८१ करोड रुपैया“ छुट्याएको छ । सरकारले निरक्षरलाई साक्षर बनाउन १ अर्ब विनियोजन गरेको छ । उर्जा क्षेत्र
त्रको लगानी बढाएर ३० अर्ब पु¥याइएको छ । गौतम बुद्ध, पोखरा विमानस्थल, निजगढमा विमानस्थल बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।

बजेटले ७  क्षेत्रलाई प्राथमिकतामा राखेको छ । जलविद्युत तथा उर्जा क्षेत्र को विकासमा सरकारले विशेÈ कार्यक्रम ल्याएको  ।
भौतिक पूर्वाधार विकास सरकारको मूख्य प्राथमिकतामा रहेको छ ।  आयात प्रतिस्थापन गर्न र निर्यात प्रतिस्थापन गर्ने बजेटमा लक्ष्य राखिएको छ । सौर्य उर्जा एफएम रेडियोलाई तोकिए बमोजिम सहुलियत प्रदान गरिएको छ । समग्र सौर्य उर्जा कार्यक्रमलाई ५० करोड छुट्याइएको छ । कलंकी–कोटेश्वर सडकलाई ८ लेनमा बनाउन ५१ करोड ६० लाख छुट्याइएको छ । यो सडक खण्ड ८ लेन बनाउन चीन सरकारले पनि सहयोग गर्दैछ । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाइने बजेटमा उल्लेख छ । अपांगता ब्यक्तिलाई पाच विकास क्षेत्रमै लोक सेवा सम्बन्धी निशुल्क पढाइ सञ्चालक गरिने बजेटमा उल्लेख छ ।

बजेट हाइलाइट

-कुल बजेट ५ खर्ब १७ अर्ब २४ करोड

-आर्थिक वृद्धिदर ५ प्रतिशत ५

-लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत बृद्धि

-स्थानीय निकायका लागि रु. १२ अर्ब विनियोजन
-चार सय झोलुङ्गे पुल बनाइने
-खेलकुद पूर्वाधारमा २१ करोड

-धुलिखेल र थानकोट चेकपोस्ट खारेज

-२७ वस्तुमा लाग्ने निर्यात महशुल नलाग्ने
-पत्रकारिताको  रु. ५ लाखसम्मको पुरस्कारमा आकस्मिक कर नलाग्ने

-गरिब घरपरिवार पहिचान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने

-युवा रोजगार बढाउन २२ हजार युवालाई तालिम दिन १६ करोड बजेट बिनियोजन

-रोजगार सूचना केन्द्रलाई श्रम रोजगार केन्द्रको रुपमा स्थापित गरिने

-अपंगता ब्याक्तिलाई पाँच विकास क्षेत्रमै लोक सेवा सम्बन्धी निशुल्क पढाइ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>